पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटनमा रहेको पातले छांगो अर्थात डेभिस फललाई पोखरा नगर समितिले संरक्षण र संवर्धन गर्ने गरि वि.स २०३४ साल देखि श्री छोरेपाटन मा.वि हस्तान्तरण गरेको थियो।पातले छांगो (डेभिस फल)मा प्रवेश गर्ने पर्यटक संग शुल्क लिएर विद्यालयले जेहेन्दार विद्यार्थिलाई निशुल्क अध्ययन र आफ्ना आन्तरिक शैक्षिक एवम प्रशासनिक खर्चको व्यवस्थापन गरिरहेको थियो।
विद्यालय व्यवस्थापन समितिले हालै पोखरा महामगरलाई हस्तान्तरण गर्यो।उक्त पातले छांगो पोखरा महानगरपालिकाले नीजि कम्पन्नी,सेती क्यानोन प्रा.लि कम्पन्नीलाई ४० वर्षका लागि दिएपछि गण्डकी प्रदेशमा क्रियासिल विद्यार्थि संगठनहरुले यसको बिरोधमा संयुक्त ध्यानाकर्षण पत्र जारि गरेका छन।
संयुक्त विद्यार्थि संगठनका तर्फ बाट नेपाल विद्यार्थि संगठनका केन्द्रिय सदस्य निर्दोष विक्रम पौडेल,अखिल(क्रान्तिकारी)का प्रदेश अध्यक्ष त्रिदिप गुरुङ,नेकपा वहुमत निकट विद्यार्थि संगठनका राजन साउद,बाबुराम भट्टराई निकट विद्यार्थि संगठनका सन्तोष नेपाली,विप्लव निकट विद्यार्थि संगठनका पवन पुन,दिनेश जोशी र ह्याल तामाङ्ग द्वारा हस्ताक्षरित प्रेस वक्तब्यमा,सम्झौतमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई रद्द गर्दै महानगर वा विद्यालयले नै संचालन गर्न जोड्दार माग गरेका छन।
सेती क्यानोन प्रा.ली यदि संचालन गरे आन्दोलन गर्ने चेतावनी वक्तव्यमा उल्लेख गरिएको छ।
अन्यथा,पातले छांगोको रक्षा र विकास गर्नका लागि विद्यार्थिहरु,अविभावकहरु र सरोकारवालाहरु सबै पक्ष संग मिलेर आन्दोलन गर्ने अखिल(क्रान्तिकारी)का प्रदेश अध्यक्ष त्रिदिप गुरुङले बताए।
