नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज चीन पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच थियानजिनमा भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय वार्ता भएको छ।
प्रधानमन्त्री ओलीले चीनमा हुने उच्चस्तरीय भेटवार्तामा लिपुलेक सीमा विवादबारे कुरा उठाउने बताउँदै आएका छन् ।