जानुका प्यानलको चुनावी प्रतिबद्धता सार्वजनिक,बिरभद्र कंडेल निर्विरोध

लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन भदौ २० र २१ गते हुँदै छ । अधिवेशनमा केन्द्रित भएर राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी प्यानलसहित मैदानमा उत्रिएका छन् । अध्यक्षका आकांक्षी ओझा लेखनाथ उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन् भने अधिकारी महासचिव हुन् ।

दुबै नेतृत्वका समूहले मतदाताको घरदैलोमा पुगेर मत माग्ने र भेटघाटलाई तीव्रता दिएका छन् । चुनावलाई नै केन्द्रित गरेर जानुका अधिकारी पराजुलीको समूहले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा अधिकारी समूहका टिम पनि सार्वजनिक गरिएको छ । ओझा समूहले अघिल्लो हप्तै उम्मेदवारहरुको सूची सार्वजनिक गरेको थिगयो । संघको इतिहासमा अध्यक्ष पदका लागि पहिलो पटक महिलाले उम्मेदवार दिने अवसर पाएको जनाउँदै अधिकारीले आफ्नो टिमलाई जित दिलाउन आग्रह गरिन। ‘इमान्दारी पारदर्शिता र लगनशीलता, व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यक्ता’ भन्ने नारासहित २४ बुँदे प्रतिवद्धता उनले सार्वजनिक गरेकी छन् । सोही प्रतिवद्धता लिएर मतदाताको घरदैलोमा मत मागिरहेको उनले सुनाइन् ।

आफू रहरले चुनावी मैदानमा नआई संघमा देखिएका कमजोरीलाई सच्च्याउन र अग्रजको सम्मानका लागि आएको उनको दाबी छ । उनले स्थानीयको सुझावका आधारमा लेखनाथ महोत्सवलाई परिमार्जित गरिने जनायन् ।

आफ्नो टिमले संघमा रुपा, मादी र साविक लेखानाथकाव्यवसायीलाई समेट्ने गरी दायरा र वातावरण सिर्जना गर्ने विश्वास दिलाईन् । अधिकराीले साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशीलताका लागि पालिकाहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई जोड दिँदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रका रुपमा अघि बढाई मेड इन नेपालको अवधारणालाई प्राथमिकता दिने उनले सुनाइन् ।

अधिकारीको टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा धुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन् ।

खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, सन्दीप बुढाथोकीलाई अघि सारिने भएको छ । एसोसियट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार छन् ।

कंडेल निर्विरोधः

लेखनाथ होटल एशोसियसनका अध्यक्ष बिर भद्र कंडेल लेखनाथ उधोग बांणिज्य संघको संस्थागत सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका छन।

प्रतिक्रिया दिनुहोस