कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं.७ धम्पुसको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि घर पायक सुविधा वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी पहलमा भएको छ।
परिचयपत्र नविकरण वडा कार्यलय परिसर संगै र जेष्ठ नागरिकहरुलाई लक्षित गरेर घुम्ती सेवा सुरु भएको वडा नं.७ का सचिव बिष्णु आचार्यले बताए।

परिचयपत्र नविकरणमा वालवालिका,अपाङ्ग र जेष्ठ नागरिक सहित हालसम्म सय जनाले सेवा लिएको वडा अध्यक्ष भण्डारीले बताए।नागरिकता सिफारीस लगायत अन्य आवश्य सिफारिस पनि गरिएको अध्यक्ष भण्डारी जानकारी गराए।
नविकरण तथा सिफारिसका क्रममा उपस्थित वडाबासी नागरिकहरुलाई सेवा गर्न पाउनु गौरवको विषय भएको वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले बताएका थिए।