लेखनाथ उद्योग वाणिज्य सङ्घको आसन्न अधिवेशनको तयारी स्वरूप अध्यक्ष पदमा उम्मेदवार बन्नको लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा टिमले नयाँ टिम घोषणा गरेको छ।
सोमबार ओझा समूहबाट अध्यक्षमा राजेन्द्र ओझा, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा एलपी ढुङ्गाना, कोषाध्यक्षमा टिकाराम सापकोटा, यस्तैगरी खुल्ला सदस्यहरूमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद पौडेल सन्तोष, त्यस्तै महिला सदस्यहरूमा सपना सुवेदी तिवारी, लक्ष्मी ठाकुर, ऐसाेसिएट सदस्यमा प्रवेश बन्जरा, त्यस्तै संस्थागत सदस्यतर्फ वीरभद्र कँडेल लगायतको टिम घोषणा भएको छ।
लेखनाथ उद्योग वाणिज्य सङ्घले आगामी महाधिवेशन यही भाद्र २० र २१ गते हुने घोषणा गरेको छ।