ज्ञानुबाबा आवासीय माविका विद्यार्थि एसईईमा उत्कृष्ट नम्वर सहित शतप्रतिसत उतिर्ण

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१,मा पोखरा महानगरपालिका वडा नं.२ ज्ञानुबाबा आवासीय माविका सुवास तिमिल्सीनाले ३.९१ जीपीए प्राप्त गरेका छन।तिमिल्सीना सानैदेखि लगनशिल विद्यार्थि रहेको विद्यालयले जनाएको छ।

एसईईमा विद्यालयका २८ जना विद्यार्थी सहभागी मध्य ८ जनाले ३.६० देखी ३.९१ सम्म प्राप्त गरेका छन भने २० जनाले ३.०० देखि ३.६० जिपीय सम्म प्राप्त गरेर सतप्रतिशत उतिर्ण गरेको ज्ञानुबाबा आवासीय माविले जनाएको छ।

विद्यालयकी प्रचार्य शुभकन्या गुरुङले एसईईमा उतिर्ण सम्पुर्ण विद्यार्थिहरुलाई बधाई एवम सुखद भविष्यको शुभकामना ब्यक्त गरिन।फाउन्डर कृष्ण बहादुर गुरुङले सम्पुर्ण विद्यार्थिहरुलाई बधाई एवम सफल भविष्यको कामना गरेका छन।कोअडीनेटर बाबुराम सुवेदीले एसईईमा उतिर्ण सम्पुर्ण विद्यार्थिहरुका आगामी दिनहरु सफल हुन भन्दै उज्ज्वल भविष्यको लागि शुभकामना ब्यक्त गर्दै विद्यालयका शिक्षक शिक्षिका एवम अभिभावकहरुलाई पनि बधाई साथै धन्यवाद ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस