एसइई परीक्षाको नतिजा सार्वजनिक,६१.८१ प्रतिशत पास

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको हो ।

एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि १९ गतेसम्म सञ्चालन भएको थियो।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस