कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लि.को छैटौं स्थापना दिवस सामाजिक कार्यक्रम गरेर सम्पन्न भएको छ।
स्थापना दिवस अवसर पारेर कोट देउराली बहुउद्देश्यीय सहकारी सस्थाले बेगनास ताल बराह क्षेत्र विकास समितिलाई ३० थान कुर्सी हस्तान्तरण गरेको छ।
स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि रुपमा रहेका पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कडेंलले भने, कोट देउराली बहुउद्देश्यीय सहकारीले सहकारी नीति नियम अनुसार सामाजिक उद्देश्य अनुरुप कार्य गर्दै आएको र आगामी दिनमा अझ सशक्त रुपमा कृषि एवम पर्यटन क्षेत्रको विकासमा सहकारीले थप योगदान गर्ने छ भन्ने वडा कार्यलयले अपेक्षा गरेको छ।
कोट देउराली सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटा भने सहकारीको मुख्य उद्देश्य कृषि र पर्यटन मार्फत जनसेवा गर्ने उद्देश्य रहेको छ।सहकारी सस्थांको उद्देश्य अनुसार सधै काम गरिरहेको बताए।
उक्त कार्यक्रममा स्वागत मन्तब्य बराह क्षेत्र विकास समितिका अध्यक्ष बिष्णु सुबेदी गरेकी थिईन भने सञ्चालन बिष्णु प्रसाद लामीछाने गरेका थिए।
कोट दरबार सहकारीले लि. स्थापना दिवसमा सधै रचनात्मक काम गर्दै आइरहेको छ।