कास्कीको मादी गांउपालिकामा २१ बुंदे ध्यानाकर्षण पत्र बुझायो माओवादी केन्द्रले

बजेट निर्माण र घोषणाको सेरोफेरोमा माओवादी केन्द्र मादी गांउपालिका समितिले २१ बुंदे ध्यानाकर्षण पत्र अध्यक्ष देबी जंग गुरुङलाई बुझाएको छ।

विगतका वर्षमा असमान,मनोमानी बजेट विनियोजन भएकाले यस आर्थिक वर्षमा समान र समाबेशी मर्म अनुसार बजेट वितरण एवम विपन्न परिवारलाई निशुल्क स्वास्थ विमा गर्न पालिका प्रमुखलाई पत्र मार्फत माओवादीले ध्यानाकर्षण गरेको छ।साथै यस आर्थिक वर्षमा घरेलु उद्योगलाई बढवा दिदैं घरेलु मदिरालाई प्रेत्साहन गर्न अनुरोध गर्दै सरसफाई युक्त र उज्यालो गांउपालिकाको घोषणा गर्न पनि माग गरेको छ।

गांउपालिका भित्र चल्ने सार्वजनिक यातायातको भाडादर मनोमानी बन्द गरि बैज्ञानिक भाडादर गर्न माग पत्रमा उल्लेख छ।पालिकाका जनप्रतिनिधि र कर्मचारिका छोराछोरीलाई सरकारी विद्यालयमा पढांउन ध्यानाकर्षण गरिएको छ।

गांउपालिकाको केन्द्र निर्धारण के कति कारणले नभएको त्यसको जानकारि गराउन पनि माग गरिएको छ।

माओवादी केन्द्र मादी गांउपालिका अध्यक्ष मित्र गुरुङ एवम उपाध्यक्ष दुर्गा बहादुर गुरुङ सचिव राम कृष्ण अधिकारी लगायत गांउपालिका समितिको पहलमा ध्यानाकर्षण पत्र बुझाएको हो।

प्रतिक्रिया दिनुहोस