कास्कीको माछापुच्छ्रे गांउपालिकाको १७ औं सभा चलिरहेको समयमा सभा सदस्य पुर्ख बहादुर पुनले साङ्केतिक बिरोध गरेका छन।
पुनले शुन्य समयमा भने,’माछापुच्छ्रे गाउपालिका सरकार अनाधिकृत हाइड्रोपावर र क्रसर जस्ता ठुला ब्यापारिहरु संग घुडा टेकि कान समाइ निदाएको हुदा म आफु पनि यस स्थानिय सरकार सभा समक्ष उक्त अभ्यास गर्ने,’ भन्दै शुन्य समयमा उपलब्ध तिन मिनेटको समयमा पुनले घुडा टेकी कान समाइ निदाएर बिरोध जनाएका छन।
