मुक्तक

मुक्तक

कसको इसरामा चल्छ अदालत त्यो मैले भन्नु पर्छ र!
कसले कसको पक्षमा गर्छ वकालत त्यो मैले भन्नु पर्छ र!
कृपया अब यो विधिको शासनको भाषण नगर्नुस नेता ज्यु
कस्तो बनाउनु भयो अदालतको हालत त्यो मैल भन्नु पर्छ र!

॰॰॰

ओठले राम जप्नेको पनि हृदय पवित्र नहुन सक्छ
असल कुरा गर्नेको पनि असल चरित्र नहुन सक्छ
आंखा चिम्लेर कसैलाई विश्वास गरिहाल्नु हुदैन हजुर
मित्रको खोल ओढेको मान्छे पनि मित्र नहुन सक्छ।

॰॰॰

प्रतिक्रिया दिनुहोस