दक्षिण कोरियामा नेपालका लेखक राजेश सुवेदीको पहिलो उपन्यास ‘अभिसार’ लोकार्पण


दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहेका राजेश सुवेदीको उपन्यास अभिसार २०२५ मे ४ तारिखका दिन दक्षिण कोरियाको सुवन शहरमा लोकार्पण सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा अनेसनस एसिया कमिटी महासचिव ह्यारी बोन्डको प्रमुख अतिथि थिए भने नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका अध्यक्ष निर्दोष शिवले अध्यक्षता गर्नुभएको कार्यक्रमको विशेष अतिथि साहित्यकार आर एन अधिकारी रहेका थियो।

अभिसार उपन्यासको बक्ता रहेका अधिकारीले उपन्यासको विविध आयमहरुसंगै उपन्यासको संरचनागत, भाषिक, सामाजिक, मनोबैज्ञानिक र दार्शनिक पक्षहरु बारे बिश्लेषण प्रस्तुत गरेका थियो।

यसैगरी उपन्यास अभिसार लोकार्पणमा उपस्थित अतिथिहरुमा साहित्यकार मोहन कार्की, कोरियन साहित्यकारहरु मुन छाङ गील, युन्जु जङ, कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष पौडेल, सनातन साहित्य संगित साधना समूह दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष महेन्द्र सापकोटा लगाएत विभित्र संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो। उरी हिमालयन रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा पुस्तक लोकार्पण संगसंगै रचनावाचन तर्फ कवि सरोज सर्वहाराले कविता, रोदुङ यायावरले मुक्तक तथा कमल नेपाल घैंटे ले गजल सुनाएका थिए।

प्रवासको बसाइ र कार्यव्यस्तताको बाबजुद उपन्यास प्रकाशन मार्फत नेपाली साहित्यको विकाशमा सहयोग गरेकोले आयोजक संस्थाहरुद्वारा लेखक सुबेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कोरियन कवि मुन छाङ गील, युन्जु जङले लेखक सुवेदीलाई बधाई दिँदै कृतिसफलताको शुभकामना दिएका थिए। यसैगरी कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेका प्रमुख अतिथि, विशेष अतिथि र कोरियन कविहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै कार्यक्रममा अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले तथा मुक्तक प्रतिष्ठान कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक राजले कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै लेखक सुवेदीलाई सफल साहित्ययात्राको शुभकामना दिएका थिए।

कार्यक्रम सञ्चालन आर पी सी संगमले गरेका थिए भने विजयता भण्डारी, अनेसास कोरियाका सचिवले स्वागत मन्तव्य राखेका थिए।

इन्डीगो इङ्क प्रकाशन, काठमाडौं बाट प्रकाशित उपन्यास ‘अभिसार’ सुवेदीको पहिलो कृति हो।

प्रतिक्रिया दिनुहोस