
काम गर्न गाह्रो छ फगत बताउन सजिलो छ
खुसी हुन गाह्रो छ तर मुस्कुराउन सजिलो छ
न नेताले बुझे,न न्यायालयले,न त म जस्ता जनले बुझें
जोड्न साह्रै गाह्रो छ जत्ति टुक्राउन सजिलो छ॥
॰॰॰
मेरो दिल मात्र अचानो भो
यो भनाई निकै पुरानो भो
प्रवास गएका तिमिहरु हौ !
अनि देश कसरी बिरानो भो !
प्रतिक्रिया दिनुहोस