पोखरा –
पोखरा महानगरपालिका वडा नम्बर ३३ ले चालू आर्थिक बर्ष २०७९/८० मा वडामा सञ्चालित वडा स्तरीय योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक बर्षमा भए/ गरेका वडा स्तरिय योजनाहरुमा कुल १०० वटा योजना मध्ये ९८ वटा सम्पन्न भएको जनाएको छ भने दुईवटा योजना कार्यान्वयन हुन नसकेको सार्वजनिक गरेको छ ।
यसरी हेर्दा वडाको कुल बिनियोजित बजेटको ९५.५ प्रतिशत खर्च भएको छ ।
वडा स्तरबाट कुल बिनियोजित बजेट २,३९,०१,९९६ मा कुल खर्च २,२८,२८,१४८ रुपैयाँ खर्च भएको हो जसमध्य मौज्दातामा कुल १०,७३,८४८ रुपैयाँ रहेको छ ।
यस्तै चालू आर्थिक बर्षमा वडामा उल्लेख्निय कार्य भएपछि वडा अध्यक्ष रामचन्द्र अधिकारीले पोखरा ३३ लाई थप बिकास र समृद्धिको तहमा अघि बढाउन आफू लागीरहने र अन्य धेरै क्षेत्रमा बिकासका कार्यहरु आबश्यक रहेको हुँदा त्यसलाई पनि निरन्तरता दिने बताउनुभयो ।