पोखरा ३३ को अबैध क्रसरमा अख्तियारको आँखा ! के बन्द होला त क्रसर ?

पोखरा ३३ को अबैध क्रसर हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी परेपछि आयोगको कार्यालयले थप अनुसन्धान र छलफल थालनी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा २०७९/०४/०३ गते शिब शत्ति रोडा ढुङ्गा उधोगको नाममा उजुरी दर्ता भएको र आयोगको नियमावली २०५९ को नियम ९ अनुसार आबश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लेखी पठाउने निर्णय समेत भएको जानकारी प्राप्त भएको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको अवैध’ क्रसर शत्ति र पहुँचकै आडमा अझै सञ्चालन मै छ । क्रसर सञ्चालन गर्दा पुर्याउनु पर्ने मापदण्डको ख्यालै नगरी संचालन हुँदा पनि सम्बन्धित निकायहरु मौन नै छन् ।

शिवशक्ति रोडा ढुङ्गा उद्योग नाममा २०६७ माघ ६ गते भरत रायमाझीको नाममा दर्ता भएको ‘अवैध’ क्रसर २०६७ सालमा नामसारी भई केही वर्ष सञ्चालनमा आएर ०७३-०७४ मा बन्द भएको थियो तर बन्द भएको लामो समयपछि स्थानिय निर्वाचनको बेला पुन: संचालनमा ल्याई चलिरहेको छ ।

२०७७ मङ्सिर ५ मा संसोधन सहित जारी गरीएको कम्पनी ऐन अनुसार सबै निकायमा दर्ता हुनुपर्ने साथै स्थानीय तहले जनप्रतिनिधिको रोहवरमा मुचुल्का गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, वातावरण प्रभाव मुल्यांकन अध्ययन हुनुपर्ने र स्थानीय निकायको सिफारिस हुनुपर्ने व्यवस्था छ । भने नदीबाट २ सय मिटर टाडा हुनुपर्ने व्यवस्था छ तर उत्त उधोग भने नदीको हकमा भने ५० मिटरकैै दुरीमा क्रसर संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस