नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीद्वारा राष्ट्रघाति एमसीसी, एसपीपी, नागरीकता बिधयक साथै बढ्दो महँगी लगायत बिषयका बिरोधमा आज पोखरामा मसाल जुलुस निकालेको छ ।
पोखराको पृथ्वीचोकमा निकालिएको मसाल जुलुसलाई कास्की प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीको भनाभन समेत भएको थियो भने आन्दोलनकारी माथि लाठि समेत चलाईएको आन्दोलनकारीहरुले बताए ।
पृथ्वीचोकको बसपार्क देखि निकालिएको मसाल जुलुसलाई समापन गर्दै अनेरास्ववियु ( क्रान्तिकारी ) का गण्डक संयोजक हरीले प्रहरीले गरेको दमन र लाठीचार्जको निन्दा समेत गरेका थिए । समापन भेलामा उनले राज्यले जबर्जस्त एमसीसी सम्झौता लागु गर्दै देशलाई बिदेशिको गुलाम बनाउने हर्कत गरेको भन्दै आफ्नो आन्दोलन नागरीकले अधिकार नपाए सम्म साथै राज्यको राष्ट्रियताको सवालमा संघर्ष गर्दै निरन्तर अगाडी बढ्ने बताएका थिए ।