अखिल क्रान्तिकारी जाजरकोटद्वारा प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन !

अखिल क्रान्तिकारी जाजरकोटद्वारा प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाट

धर्मेन्द्र बास्तोला ‘कञ्चन’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले प्रज्वल संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ ।

बिहिवार सदरमुकाम खलंगामा एक कार्यक्रमबाट उक्त अभियान उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय सदस्य क. दिपेन्द्र सिंहले विप्लवहरुले महान सहिदहरुको सपनालाई छोडेर संसदिय संसोधनबादमा विलय भएको बताउनु भयो । उहाले भन्नुभयो “व्यक्तिगत इच्छा आकङ्क्षालाई तिलान्जली दिदै वर्गिय मुक्तिको लागि आन्दोलनमा होमिएर सिङ्गो जिबनको बलिदानि दिने सहिद र सहिदका सपनाहरुको वेवास्ता गरेर विप्लवहरुले अझैपनी क्रान्तिका मिठा सपना बाडेर कसैले विश्वास नगर्ने प्रष्ट्याउनुभयो ।”

यस्तै कार्यक्रममा पार्टिका जिल्ला सचिवालय सदस्य क. हिमाल , अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तुल्सी मल्ल ,सहिद स्मृती युवा क्लव अध्यक्ष एवम पत्रकार प्रेम बिश्वकर्मा , जाजरकोट साहित्यक आवाजका अध्यक्ष रिदम परियार लगायत जिल्लाका अन्य अग्रज व्यक्तित्वहरुको आथित्यता रहेको थियो ।

सोही अवसरमा “नेपालको शैक्षिक समस्या र सामाधानका विकल्प” बिषयक बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । जसमा प्रथम स्थान ल्याउन सफल बिनु बि. क. , द्वितीय स्थान बिपना सिंह , तृतीय स्थान प्रबिन रावत र सान्त्वना स्थान रमिता सिंह लगाएतका ब्यक्तिहरुले हासिल गर्नुभएको हो । सयौं विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारीका जिल्ला सदस्य सन्तोष नेपालीले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष क. तिलक बिष्टले गर्नुभएको थियो ।

जाजरकोट जिल्लाभर सन्चालन हुने उक्त अभियान मार्फत बिधमान शैक्षिक समस्याको खबरदारी र छलफल ,संगठन विस्तार तथा पुर्णगठन , विद्यार्थीको क्षमता अभिवृद्दिको लागि अतिरिक्त क्रियाकलापको आयोजना लगायतका कार्यक्रमहरु सन्चालन गरिने संगठनका जिल्ला संयोजक तिलक बिष्टले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस