लोकदोहोरी साथै सञ्चार क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएका सफल गायक,सर्जक तथा सञ्चारकर्मी कृष्ण सुवेदि को तिज गित चरित्रहिन अध्याय २ `कालो बादल´ कृष्ण सुवेदी युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
सामाजिक कथा पारीवारीक वस्तु लाई चित्रण गरिएको उक्त गितमा गायक कृष्ण सुबेदि, गायिका शर्मिला गुरुङ को आवाज रहेको छ भने बाल गायक अनुरोध सुवेदीको समेत आवाजी रहेको छ । कृष्ण सुवेदीद्वारा निर्देशित उक्त गित मा चर्चित मोडल आशिस प्रताप जङ राणा,पवित्रा सुवेदी र बाल कलाकार अनुरोध सुवेदीको अभिनय रहेको छ।
श्रीमान बिदेश मा पसिना बगाउने अनि श्रीमती स्वदेशमा पर-पुरुष सङ्ग रमाउने नेपाली समाजमा ब्याप्त चरितार्थलाई चित्रण गर्दै उक्त म्युजिक भिडियो भाग १ मा सार्वजनिक गरिएको थियो र त्यसैको भाग २ `कालो बादल´ मा भने बाँकी कथा वस्तु समाबेश गरिएको छ । कृष्ण सुवेदीको शब्द सङ्गीत रहेको उक्त गित लाई मुर्चुङ्गा रेकर्डिङ स्टुडियो रे रेकर्ड गरेको हो ।