अर्ना ‘नेपहपको श्रीपेच’ सिजन १ को बिजेता भाईबर सिमोन बनेका छन् ।
उपाधिसँगै उनले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने भएका छन्
शनिवार काठमाडौ स्थित सोल्टी होटेलमा भएको फिनाले बाट सिमोन बिजेता बनेको घोषणा गरीएको हो । टप पाच जनाको बिच प्रतिस्पर्धामा जेनिश क्षेत्री , भाइवर सिमोन ,एम्सी किङ ,बाबु बिलिभर र विशेष भट्टराई टप फाएभ भित्रका प्रतिस्पर्धी रहेका थिए l
जसमा बाबु बिलिभर तेस्रो, जेनिश क्षेत्री दोस्रो भएका छन् । दोस्रो भएका जेनिस क्षेत्रीले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्न पनि पाउने भएका छन् । तेस्रो भएका बाबु बिलिभरले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौंमा भएको थियो ।