पाेखरामा एकै दिन ४५ वटा छाडा चाैपाया नियन्त्रणमा

पाेखरा महानगरभित्र एकै दिन ४५ वटा छाडा चाैपाया नियन्त्रणमा लिईएकाे छ ।

आईतवार पाेखराकाे जिराे किमि, सिर्जनाचाेक,सभागृह, न्युराेड, महेन्द्रपुल, नयाबजार र बगर एरियाबाट छाडा चाैपाया नियन्त्रणमा लिएकाे पाेखरा महानगरपालिका कार्यालयका नगर प्रहरी नायव निरिक्षक पुरुषाेत्तम थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएका चाैपायलाई शान्तिवनबाटिका नजिकै दमकल कान्जि हाउस राखिएकाे थापाले बताए ।
उनका अनुसार सोमबार छाेरेपाटन र चाउथे आसपास रहेका चाैपाय नियन्त्रणमा लिईने र सबै चाैपायलाई बाच्छेवडुवामा राखिनेछ । जहाँ अहिले १ सय ५० चाैपाय छन् ।

छाडा चाैपायले सडक दुर्घटना बढेकाे व्यापक जनगुनासाे आएपछि महानगरकाे अगुवाईमा महानगरका तर्फबाट
२७ जना नगर प्रहरी,१० नेपाल प्रहरी र ५ जना ट्राफिक प्रहरीकाे सकृयतामा छाडा चाैपाय नियन्त्रणमा लिईएकाे हाे ।

साथै पाेेखरा महानगरले आफ्ना चाैपायहरु बाटाेमा नछाेडिदिनुहुन नगरवासीमा अनुराेध समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस