शान्तिपूर्ण रुपमा नेपाल बन्द गर्दै गर्दा तनहुँ जिल्लाबाट प्रहरीले आठ जनालाई गिरफ्तार गरेको छ ।
राष्ट्रघाति एमसीसी सम्झौताको बिरोध स्वरुप पाँच राजनीतिक पार्टी र एक मोर्चाद्वारा आयोजित नेपाल बन्द कार्यक्रमलाई प्रभावकारी बनाउन शान्तिपुर्ण रुपमा सडकमा उत्रीएको बेला प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्ण जित पुन उभार, नेकपा केन्द्रिय सदस्य एवं गोर्खा र लमजुङ जिल्ला इन्चार्ज रुपेश यस्तै तनहुँ जिल्ला सेक्रेटरी एटम, नेकपा ब्यास नगरपालिका इन्चार्ज ओम पन्त,मगर मुत्ति मोर्चा नेपाल तनहुँ जिल्ला अध्यक्ष धन बहादुर राना , चिज बहादुर भण्डारी रहेका छन् भने देशभत्त जन गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदास्य नेत्र रानाभाट , क्रान्तिकारी माओवादीका तनहुँ जिल्ला सेक्रेटरी नारायण लम्साल रहेका छन् ।
यस्तै बन्दकै क्रममा पोखराबाट युवा संगठन कास्कीका जिल्ला सदस्य हिमाल पनि गिरफ्तार परेको खबर प्राप्त भएको छ ।