शहिद, बेपत्ता परीवारको त्यो आँशु !

मन भरी बेदना, आक्रोश सँगै आशाका झिनो सपना बोकेर बसेका तमाम सहिद, बेपत्ता परीवारको भाव निकै गहन बनेका छन् । तत्कालिन माओवादीले सञ्चालन गरेको महान जनयुद्धले एउटा ईतिहास कायम गर्यो । हजारौं नेपाली जनको योगदान, बलिदानले सिर्जित नेपाली समाज र राष्ट्रको गौरबमय त्यो ईतिहासको समिक्षा आज कुनैपनि राजनितिक घटकले गरेको देखिदैन । जुन ब्यवस्थाको परिवर्तन गर्न ति राष्ट्रका सपुतहरुले बलिदानि गरे, घाईते अपाङ्ग भए, घरवार बिहिन बन्नुपर्यो आज उनैका परीवार एउटा मरुभूमिपुर्ण जिवनयापन गर्नुपरेको अवस्था छ । सामान्य बिरामी हुँदा औषधि सम्म गर्न नसक्ने अवस्थामा आज सहिद, बेपत्ताका परीवारको समस्याहरु छन् ।

प्रचण्ड, बाबुराम लगायत नेतृत्वको बिचलनता र क्रान्ति प्रतिको गद्दारीपनले गर्दा आज जनताको भरोसा कम्युनिस्ट पार्टी प्रतिको आशा हराउँदै गएको छ । प्रतिक्रियाबादीहरुको जाल भित्र फसेका नेतृत्वका कारण आज सहिद , बेपत्ता परीवार अपमानित बन्नुपरेको छ । समाजमा तिरस्कृत बनेर शिर निहुराएर हिन्नुपर्ने अवस्था सृजना भएको छ ।

हामी सहिद सप्ताहमा सहिद बेपत्ता परीवार भेटघाट गर्न अन्नपूर्ण गाउँपालिका गएका थियौँ । त्यहाँ पुग्दा हामिलाई निकै भाबुक बनायो । सहिद छबि अधिकारी र मुना अधिकारी कि आमा मन्नरी अधिकारी सामु पुगेर हामी हाम्रो परिचय दिँदै गर्दा उहाँले छोरा र छोरीको फोटो माग्नुभयो । “बाबु मेरो छोरा छोरीको फोटो भए दिनुस् न हेरौं ” । उहाँको उत्त कुरा सुनेर म नतमस्तक भएँ । त्यसपछि महासचिव बिप्लवद्वारा हस्ताक्षरीत सम्मान पत्र हामिले उहाँलाई दियौं । भावुक हुँदै हामीले दिएको सम्मान पत्रमा रहेको फोटो हेर्दै आँखाबाट आशु झार्न सुरु गर्नुभयो । उहाँको त्यो बेदना र छोरा छोरी प्रतिको अपार माँयाले मन खिन्न भयो तर त्यो संगै जिम्मेवारी बोध पनि उत्तिकै महसुस गरें । नेतृत्वको बिचलनता साथै देशमा छाएको प्रतिक्रान्तिको सामना गर्दै क्रान्तिको झोला पुनः उठाउने जिम्मेवारी जो हामीमा आएको छ त्यो कदापि सम्झौतामा टुङ्गिने छैन र एकीकृत जनक्रान्तिद्वारा नै तमाम समस्याको हल गरीने दृढता ब्यत्त गर्दै, प्रतिबद्दता ब्यत्त गर्दै आमाले दिएका सल्लाहहरु साथमा बोकेर त्यहाँबाट हिडियो ।

सहिद छबि अधिकारी र मुना अधिकारीको आमा मन्नरी अधिकारी

म संगै अन्नपूर्ण गाउँपालिकाका सेक्रेटरी क. राजेश पनि हुनुहुन्थ्यो । हामि यस गाउँपालिका भरी रहेका सहिद, बेपत्ता परीवार भेट्ने योजनाका साथ अघि बढेका थियौँ ।

यसै क्रममा संसद दुर्गा बि.क को घरमा पुग्यौं । दुर्गा बि.क की बहिनि धन कुमारी बि.क पनि तत्कालिन माओवादी जनयुद्दमा राज्यद्वारा मारीएकी थिईन । सहिद धन कुमारीको घरमा पुग्दा गोठभरी बाख्रा थिए । बाबा पदम सिंह बि.क बारीमा सागसब्वी लगाउने टनेल बनाउँदै हुनुहुन्थ्यो । बाबा बिरामी हुनुहुदो रहेछ । आमालाई हामीले आफ्नो परीचय दिदै आफु आएको कारण ब्यत्त गर्दै उहाँलाई दोसल्ला ओडाउदै सम्मान पत्र दियौं । उहाँ केही बोल्न खोज्दै हुनुहुन्थ्यो तर शब्द्द प्रकट गर्न सक्नुभएन । बाबा धन सिह भएको ठाउँमा पुग्यौं , उहाँ टनेलको काम गर्दै हुनुहुन्थ्यो । उहालाई हाम्रो परीचय दियौं तब उहाँले सल्लाह दिदै भन्नुभयो । “बाबु प्रचण्डले जस्तो घात नगर्नु, अब जनतालाई बन्दुक होईन बिचार बोकाउनु, आज आफ्नै एउटा छोरी संसद हुँदा पनि म खुसि छैन । तल देखि माथिसम्म सबै चोर नै चोर छन्, सहिद बेपत्ताको कदर गर्नु” आक्रोश सहित भाबुकताका कुराहरु उहाँले भन्नुभयो । उहाँले थप्दै बिप्लवलाई प्रचण्ड जस्तो नबन्न आग्रह गर्दै सुचना पुर्याउनु भन्नुभयो  ।

शहिद धनकुमारी बि.ककी आमा

शहिद धनकुमारी बिकका बाबु पदम सिंह बि.क

त्यहाँबाट हामी सहिद छलिमाया नेपालीको घरमा गयौं । घरमा आमा हुनुहुँदो रहेनछ । आमा पोखरा तिरै आएको खबर पाएपछि हामी बेपत्ता योद्दा टिका बिकको घरमा पुग्यौं । टिका बिकको घरमा हजुरबाबा धनराज बिक टिकाको स्मृतिमा बनाईएको चौपारीमा बसीरहनु भएको थियो । हजुरबाबालाई नमस्कार गर्दै हामीले आफ्नो परीचय दियौं । बाबाले घर तिरै जाउँ उतै बसेर कुरा गरौंला भन्दै घर लग्नुभयो । घरमा जाने बित्तिकै उहाँले छोरी ( टिकाकी आमा )घाँस काट्न गएको बताउनुभयो । हामी आमालाई कुर्दै बाबा संग कुराकानि गर्दै बस्यौं ।

बेपत्ता योद्दा टिका बिकले हजुरबुबालाई उतिबेला दिएको चिनो रुमाल देखाउँदै ।

उमेरले ९३ पुगेका हजुरबुबाका कुरा निकै गहकिला थिए । यत्तिकैमा बाबाले टिकालाई सम्झदै उहाको बारेमा बताउनु भयो र गोजिबाट सानो रुमाल निकाल्दै भन्नुभयो ” बाबु हो ! यो मेरो नातिनिले दिएको चिनो हो । पैसो पोका पार है बा भन्दै दीएको ” यति भन्दै उहाँले मन थाम्न सक्नुभएन । फेरी रसिला आँखा बनाउँदै भन्नुभयो “बाबु हो ! तिमिहरु मेरो नातिनिको साथिहरु हौ, त्यतिबेला फौजिले मेरो नातिनिलाई कहाँ लग्यो कहाँ । माओवादी संग गएकी थि । निकै टाठि थि मेरी नातिनि” फेरी स्वर बन्द भए बाबाका । यत्तिकैमा टिकाको आमा बिन्दुमाया बिक पनि आउनुभयो । उहाँलाई पनि हामिले परिचय दिँदै उहालाई अभिनन्दन गर्यौ । अभिनन्दन पछि हजुरबाबाले सम्मानपत्रमा नातिनिको फोटो देखेर झनै भाबुक हुँदै हामिलाई धन्यवाद दिनुभयो । यता आमाले आँफु समाजमा एक्लो भएको साथै घरको समस्या बारे बताउनु भयो । हामीले आमालाई आफ्नै परीवार जस्तै सम्झन आग्रह गर्दै केही सल्लाह दिएर फर्क्यौ ।

बेपत्ता योद्दा टिका बि.ककी आमा र हजुरबुबा

यसपछि हामी सहिद छलिमाया की आमालाई भेट्न पोखरा तिर फर्कियौँ । पोखरा आएर हामीले छलिमायाको आमा, दिदि बहिनि लगायत सबै घरपरीवारलाई भेट्ने अवसर जुर्यो । त्यहाँ पनि उस्तै बेदना, उस्तै भाबुकत उस्तै आशा र भरोसाहरु प्रकट भए ।

शहिद छलिमाया नेपालीको आमा र दिदि, बहिनिहरु ।

अघिल्लो दिन नेपाल कम्युनिस्ट पार्टीले पोखरा महानगरपालिका भित्र रहेका कास्कीका बिभिन्न ठाउँका सहिद बेपत्ता परीवार अभिनन्दन तथा जमघट कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ म पनि उपस्थित थिएँ । त्यहाँ धेरै सहिद, बेपत्ता परीवारजनको सहभागिता थियो । जमघट मध्य सवैले बिप्लव कमरेड प्रति आशा र भरोसाका एक मात्र नेतृत्व रहेको सबैले तर्क गर्थे । यसै मध्य बेपत्ता योद्धा पुर्ण पौडेलकी आमा मोतिमाया पौडेलले आफ्नो छोरालाई बेपत्ता पार्नेलाई नछाड्ने साथै छोराले बोकेको बिचारलाई, सबै सहिद बेपत्ताका सपनालाई प्रचण्डले जस्तो खुट्टा नकमाउन आग्रह गर्नुभयो । आफ्नो छोराहरु रगत खेर नजाउन भन्ने अपेक्षा सहित सफल यात्राको शुभकामना समेत दिनुभयो ।

बेपत्ता योद्दा पुर्ण पौडेलकी आमा मोतिमाया पौडेल

जनयुद्धमा कास्की जिल्लामा मात्र ३८ जना सहिद र २२ जना बेपत्ता हुनुभएको तथ्यांक छ । यसरी सहिद , बेपत्ता परीवार , घाईते अपांगका मर्महरुलाई नजिकबाट नियाल्दा त्यो पिडादायक दु:खद जिवनहरुको पारीवारीक यथार्थता र राष्ट्रका नायकहरुको अबहेलनाले राज्यको नाङ्गो प्रवृत्ति र दलाल ब्यवस्थाको अन्त्य नै बिकल्प रहेको प्रष्ट हुन्छ ।

नेकपा कास्कीद्वारा सहिद, बेपत्ता परीवारलाई गरीएको अभिनन्दन कार्यक्रम , पोखरा

प्रतिक्रिया दिनुहोस