१. राज्यसत्ता के हो ?
राज्यसत्ता , राज्य र सत्ता दुई पदावलीको मेलबाट बनेको छ । राज्यको अर्थ क्षेत्र बिशेष वा भू–भाग भन्ने बुझिन्छ । राजनीतिक रुपमा यसले अलि बिस्तृत अर्थ ओगट्छ । निश्चित व्यक्ति वा समुदाय वा जातिको प्रभाव क्षेत्र वा अधिनस्थ क्षेत्र र अधिकार कायम भएको क्षेत्र, जो निश्चित सीमामा बाँधिएको हुन्छ । त्यसमा निश्चित अधिकार प्राप्त व्यक्ति१, समुदायको अधिन वा उत्पादन सम्बन्धमा चलेको हुन्छ, त्यसलाई राज्य भनिन्छ । यसका दुईटा पक्ष छन् । बाह्य पक्ष र आन्तरिक पक्ष । बाह्य पक्ष वा स्वरुप भन्नाले यसको निर्धारित सीमाभित्रको भौगोलिक क्षेत्र वा अवस्था बुझिन्छ । यो स्थिर हुन्छ । कहिले काहीँ बाह्य आक्रमण वा आन्तरिक टुटफुटको अवस्थामा बाहेक एक पटक निर्धारित भइसकेपछि तलमाथि हुँदैन । यतिले मात्र राज्यसत्ताको परिभाषा पूरा हुँदैन, यसमा अधिनायकत्व जसलाई सत्ता भनिन्छ । यसमा शासकीय स्वरुप र शासन प्रणाली आदि पर्दछन् । यसमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आदि पर्दछन् । जस अन्तर्गत सुरक्षा (सेना–पुलिस), विधि–विधान (संविधान र नियम–कानून), शासन प्रणाली, धर्म–संस्कृतिको सञ्जाल (दार्शनिक र वैचारिक पक्ष), जेल–प्रशासन र राजनीतिक धारा आदि पर्दछन् । यो यसको आन्तरिक पक्ष हो, यो बाह्य पक्षभन्दा लचिलो हुन्छ, जस अन्तर्गत साम–दाम–दण्ड–भेदको राजनीतिक, वैचारिक र नीतिगत पक्ष हुछ । यसलाई सत्ता–शक्ति वा अधिनायकत्व भनिन्छ । यी दुई पक्ष (बाह्य र आन्तरिक पक्ष)को योगमा राज्यसत्ता बनेको हुन्छ । संक्षिप्तमा राज्यसत्ता वर्ग अधिनायकत्वको साधन हो ।
राज्यसत्ता वर्ग समाजको उपज हो । सामाजिक उत्पीडन र सामाजिक प्रवर्गहरु यहि वर्ग समाजका कारण सिर्जना भएका हुन् । यहि वर्ग समाजले नै समाजमा विभेद, असमानता, शोषण–उत्पीडन र दमन–प्रतिरोध, युद्ध, हिंसा र प्रतिहिंसा जन्मायो । यी सव वर्ग समाजकै कारण हुन् । यसको हल वर्ग समाजको अन्त्य गरेर मात्र हुन्छ । वर्ग समाजको अन्त्य वर्ग सत्ताबाटै संभव छ, जसरी हिराले हिरा काट्छ ।
राज्यसत्ता भन्ने बित्तिकै वर्गीय सत्ता र वर्गीय समाजको चरित्र झल्कन्छ । वर्ग सत्ताको अन्त्यको कुरा गर्दा अनिवार्य रुपमा वर्ग संघर्ष यसको पहिलो कार्यसूचीमा आउँछ । किनकि राज्यसत्ताको उत्पति निश्चित एउटा वर्गको अधिनायकत्वबाट हुन्छ । सुरुमा मानव समाज निवर्गीय समाज थियो । जसलाई कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आदिम साम्यवाद भनेर परिभाषित गर्नुभयो । यो अवस्थामा हाम्रो मानव पुर्खाहरु विल्कुल जंगली अवस्थामा थिए । त्यतिबेला शिक्षादिक्षा, राजनीति, दर्शनशास्त्र, आजको राज्यसत्ताको अवधारणा धेरै टाढाका बिषय थिए । उनीहरुमा केवल खानाको लागि जीवनयापन भन्दा अरु केही पनि थिएन । तिनीहरुसँग आजको हाम्रो जस्तो पैसा–धन–सम्पति, तेरो–मेरो, घर–गृहस्थी, वैज्ञानिक चेतना, शिक्षा–दिक्षा, भूत–भबिष्य, राम्रो–नराम्रो छट्याउन सक्ने चेतनाको विकास पनि भएको थिएन, न त आजको जस्तो बिज्ञान र प्रविधिको विकास भएको थियो । निकै न्यून चेतना, सीमित भाषा र सम्पर्क सम्बन्ध, सीमित आवश्यकताहरु भएकोले स्वार्थहरु पनि जन्मिनसकेकोले कहिलेकाहिँ खानाका लागि एक समुह(कबिला) र अर्को समुह बीचको भिडन्त वा झगडा र मारामार जस्ता घटनाहरुबाहेक अरु केही हुँदैनथ्यो । यो मातृसमाजमा आधारित थियो । यो समाजको गर्भबाट पितृसमाज जन्मियो । यसले मातृसमाजलाई विस्थापित ग¥यो । पितृसत्ताको स्थापनासँगै उत्पादन सम्बन्ध र उत्पादक शक्तिमा आएको परिवर्तनले बिस्तारै समाजलाई वर्ग समाजमा धकेल्यो । घुमन्ते युगबाट सापेक्षिक स्थिर समाजमा मानव जातिको पदार्पण र घुमन्ते उत्पादन सम्बन्धलाई सापेक्षिक स्थिर समाज र कृषि, पशुपालनमा आधारित उत्पादन सम्बन्धले बिस्थापन गरेपछि उत्पादक शक्तिमा आएको परिवर्तन र विकासले अतिरिक्त उत्पादन गर्न थाल्यो । यसले अन्न संचय र भण्डारण तथा पशुसम्पतिको स्वामित्व सामाजिकबाट व्यक्तिगत बन्न गयो । यो उत्पादन सम्बन्धले समाजमा श्रमविभाजन र उत्पादनको बृद्धिमा सहजता त ल्यायो तर यसले समाजमा व्यत्तिगत स्वार्थ, अराजकता र वेतिथि पनि निम्त्यायो । यसलाई तिथिमा लिन र सामाजिक अनुशासन कायम गर्नु तत्कालिक अनिवार्य बाध्यता बन्न गयो । यसले अधिनायकत्व वा बल प्रयोगको आवश्यकतालाई जन्मायो । कुनै समयमा आवश्यकतामा जन्मेका यहि मानवीय र सामाजिक आवश्यकताहरु नै पछि स्वार्थमा परिणत भई निरंकुश सत्ताको जन्म हुन गयो । यहि सत्ता नै वर्ग स्वार्थमा बदलिएपछि यसले वर्ग अधिनाकत्वको रुप लिन पुग्यो । यहि नै राज्यसत्ता बन्न गयो ।
२. अधिनायकत्व के हो ?
के स्पष्ट छ भने अधिनायकत्व वर्ग सत्ताको एक अनिवार्य तत्व हो । यसको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरिने प्रयोगले मात्र आम बुझाइमा फरक पर्ने गर्दछ । अहिले सबैको मुख–मुखमा लोकतन्त्र अर्थात डेमोक्रेसी२ झुण्डिएको छ । डेमोक्रेसी भनेको के हो ? मान्छेले बुझेको छैन । वास्तवमा डेमोक्रेसी आफै अधिनायकत्व पनि हो । डेमोक्रेसीँंग अधिनायकत्व जोडिए पछि मात्र डेमोक्रेसी पूर्ण हुन्छ । जस्तो कि जीवनसँग मृत्यु, जनवादसँग केन्द्रीयता अनिवार्य छ । जनवाद र केन्द्रीयता मिलेर नै जनवादी केन्द्रीयता बनेको हुन्छ । त्यसरी नै डेमोक्रेसी र अधिनायकत्व मिलेर मात्र शासनसत्ता चलेको हुन्छ । धेरै मान्छेहरु यी दुईलाई अलगथलग गरेर बुझ्ने गर्दछन् जो सहि होइन । अधिनायकत्व बिनाको डेमोक्रेसी अराजक र स्वछन्द बन्छ भने डेमोक्रेसी बिनाको अधिनायकत्व निरंकुश बन्छ । उनीहरु अधिनायकत्वलाई छिपाएर डेमोक्रेसीलाई बढी उछाल्छन् । कम्युनिष्टहरु जनवादको जगमा उभिएको केन्द्रीयता अर्थात अधिनायकत्वलाई सत्ताको केन्द्रमा राख्छन् जसमा समाजलाई पछि धकेल्ने तत्वहरुको निगरानी बाहेक जनता स्वतन्त्र रहन्छन् र अधिकार सम्पन्न हुन्छन् । उनीहरु कम्युनिष्टहरुलाई अधिनायकवादीको आरोप लगाउँछन् जो सहि छैन । सत्य ठीक यसको विपरित छ । यसलाई आजको वर्ग समाजको सन्दर्भ र सापेक्षतामा बुझ्नु पर्दछ । यी दुईको सहि तालमेलमा हुने डेमोक्रेसी नै असली डेमोक्रेसी हुन्छ । असलीमा डेमोक्रेसी भनेकै अधिनायकत्व पनि हो र अधिनायकत्व भनेकै डेमोक्रेसी पनि हो । एउटा उदाहारण हेरौं,
अंगे्रजी डेमोक्रेसी अर्थ नेपालीमा प्रजातन्त्र, लोकतन्त्र र जनवाद यी तीन पदावलीमा अभिव्यक्त हुँदै आएको छ । यी तीनै शब्दहरुको प्रयोग– पहिलो, निश्चित व्यक्तिले गर्दै आएका छन् र दोस्रो, यसको प्रयोग समय सन्दर्भ अनुसार हुँदै आएको छ । यसलाई दुई अर्थमा बुझ्न सकिन्छ – पहिलो नेपालमा तीन तरिकाले सोच्ने मानिसहरुको वर्ग छ अर्थात नेपाली जनतामा तीन थरिका विचारहरु३ प्रवाहित छन्, जसको प्रभाव यी पदावलीहरुमा व्यक्त हुँदै आएको छ । दोस्रो, यी समय, सन्दर्भ र अवस्था अनुसार यसको प्रयोग गरिदै आएको छ । यसलाई नेपालको इतिहास वा राजनीतिक धारासँग जोडेर हेरेमा अझ स्पष्ट हुनेछ । तेस्रो पदावली–जनवाद कम्युनिष्टहरुले प्रयोग गर्दै आएका छन् ।
नेपालमा १०४ बर्ष राणा शासन चल्यो । त्यसलाई धेरैले निरंकुश सत्ताको नामले चिन्दछन् । २००७ सालमा राणा शासनको अन्त्य भयो र भनियो नेपालमा अब प्रजातन्त्र आयो । राणाहरुबाट राजामा अधिकार स्थानान्तरण भयो । यसलाई पनि ‘प्रजातन्त्र’ नै भने ।
ड्ड त्यसपछि भारतीय शासकहरुको हस्तक्षेपमा नेपालमा पहिलो पटक वि.स. २०१५ सालमा संसदीय निर्वाचन गरियो । डेढ बर्षको लागि बहुदलीय शासन स्थापना भयो । यसलाई पनि प्रजातन्त्रिक सरकार वा ‘प्रजातन्त्र’ नै भने ।
ड्ड २०१७ मा राजा महेन्द्रले यसलाई ‘कु’ गरेर प्रतिबन्ध लगायो र ३० बर्ष निर्दलीय पञ्चायती व्यवस्था चलाए । एकथरिले यसलाई निरंकुश निर्दलीय पञ्चायती व्यवस्था भनेर विरोध गरे । २०४६ सालको जनआन्दोलनले यसको पनि अन्त्य ग¥यो । यसलाई पनि पञ्चायती ‘प्रजातन्त्र’ नै भने । पञ्चायतको अन्त्यपछि राजाकै नेतृत्वमा बहुदलीय संसदीय व्यवस्था लागु गरे । यसलाई पनि बहुदलीय ‘प्रजातन्त्र’ भनियो । २०५२ सालमा यसको बिरोधमा नेकपा माओवादीले जनयुद्ध शुरु ग¥यो । १० बर्षको जनयुद्ध र २०६२÷६३ को १९ दिने संयुक्त आन्दोलनले राजतन्त्रकै अन्त्य ग¥यो । यसपछि स्थापित गणतन्त्रात्मक संसदीय व्यवस्थालाई ‘लोकतन्त्र’को जामा पहिराइयो र भनियो लोकतान्त्रिक गणतन्त्र ।
यसरी रुपमा हेर्दा प्रजातन्त्र, लोकतन्त्र र जनतन्त्रको अंग्रेजी माने डेमोक्रेसी भए पनि यसको सार पक्ष वैचारिक र राज्यसत्ताको उत्पादन सम्बन्धसँग जोडिएकोले सबैको अर्थ एउटै थिएन । प्रजातन्त्र राजा र संसदवादीहरुसम्म पाच्य हुने डेमोक्रेसी थियो । यसले राजतन्त्रको झल्को दिन्छ । लोकतन्त्र भारतबाट आयातीत शब्द हो । यसमा भारतीय नक्कल र दलालीपनको गन्ध आउँछ । जनतन्त्र वा जनवादको अर्थ कम्युनिष्ट नेतृत्वको जनवादी व्यवस्था भन्ने बुझिन्छ । यो कम्युनिष्ट डेमोक्रेसी हो भन्ने प्रष्ट नै छ । यसमा गणतन्त्र र जनवादको सम्मिलन छ ।
अर्को एउटा दृष्टान्त पनि हेरौं,
पहिलो संविधानसभाको चुनावबाट गठित संविधानसभाले जनताको संविधान बनाउने म्याण्डेट प्राप्त गरेको थियो । त्यसमा तत्कालिन माओवादीहरुको बहुमत आधाले बढी थियो । संविधानसभाले ११ ओटा संवैधानिक समितिहरु बनाएको थियो । ती एघार समितिहरुमा छलफल हुँदा संविधानको प्रस्तावनामा माओवादी पक्षबाट ‘नेपालका सबै परिवर्तनकामी आन्दोलन र विद्रोहहरुको नाम उल्लेख गर्नु पर्छ’ भन्ने प्रस्तावलाई एमाले र काँग्रेसले पूर्णरुपमा अस्वीकार गरे । विशेष गरेर ‘जनयुद्ध’ र ‘जनमुक्तिसेना’ भन्ने पदावली त उनीहरु सुन्नसम्म तयार भएनन् । उनीहरुले जनयुद्धलाई ‘द्वन्द’ र जनमुक्तिसेनालाई ‘लडाकु’ भन्ने प्रस्तावमा अड्ढी कसे । आखिरमा यी दुई पदावलीहरुमा घमासान वाकयुद्ध चल्यो । महिना बित्यो, बर्ष बित्यो तर उनीहरु टसमस भएनन् । बरु षड्यन्त्र गर्ने र अन्तराष्ट्रिय शक्ति केन्द्रहरु गुहार्नेतिर लागे । अन्तमा सहमति नभएपछि मतविभाजनबाट बहुमतको आधारमा निर्णय गर्न तयार भए । मतविभाजन हुँदा यसको परिणाम –चार ओटा समितिमा माओवादीको बहुमत आयो, ४ ओटामा सहमति भयो र ३ ओटामा माओवादीहरु अल्पमतमा परे । परिणामले संविधान उनीहरुले भने अनुरुप नलेखिने र माओवादीको पहलमा जाने संभावना देखेपछि फेरी संविधान बहुमतबाट होइन सहमतिबाट लेख्नुंपर्छ भनेर सबै निर्णयहरु उल्टाउनतिर लागे । आखिरमा प्रचण्ड, बाबुरामलाई किने र संविधानसभा नै भङ्ग गर्ने ठाउँमा पुगे र फेरी दोस्रो पटक चुनाव गरेर आफ्नो अनुकुलको बहुमत बनाएर मात्र आफ्नो अनुकुलको संविधान बनाए ।
यो दृष्टान्तले के देखाउँछ भने उनीहरु कति तानाशाही र अधिनायकवादी हँुदा रहेछन् कि एउटा शब्द पनि आफ्नो अनुकुलमा भएन भने आफैंले गरेका निर्णय र विधि विधान पनि निर्लज्ज ढंगले उल्टाउन लाज मान्दैनन् । यहि हो अधिनायकत्व । उनीहरु आपूmलाई खुव डेमोक्रेसीको मसिहा ठान्छन् तर कति तानाशाही र अधिनायकवादी हुन्छन् भन्ने यो घटनाले पनि स्पष्ट गर्दछ । त्यसैले माथि भने झैं प्रजातन्त्रमा राजाको सामन्ती अधिनायकत्व थियो भने लोकतन्त्रमा पनि अधिनायकत्व हुन्छ जसले हजारौं क्रान्तिकारीहरुलाई मार्न तयार हुन्छ र मारिरहेको छ । यो नै अधिनायकत्व हो । अधिनायकत्व भनेको बल प्रयोग हो । आफ्नो वर्गको सत्ता र वर्ग स्वार्थ रक्षाका लागि उसले जे पनि हथकण्डा अपनाउँछ भन्ने कुरा राणा शासनको निरंकुशता, पञ्चायती प्रजातन्त्रको निरंकुशता, बहुदलीय संसदीय व्यवस्थाको निरंकुशता, जसले जनयुद्धमा क्रुर दमन गरेर १७,००० नेपाली जनताको हत्या गरे । आज १० बर्षको जनयुद्धको बलमा स्थापित लोकतन्त्रले हाम्रो पार्टीका होनहार नेता, कार्यकर्ताहरु कुमार पौडेल, गोकुल राना मगर, धनरुप बटाला, तीर्थ घिमिरे लगायत ११ जनाको ज्यान लिइसकेको छ र अझै हजारौंको खुन खरावा गर्ने फाँसीवादी चरित्र ग्रहण गरेको छ, यो दलाल सत्ताले । त्यसैले यो डेमोक्रेसीको अर्को नामको निरंकुशता र क्रुर फाँसीवाद पनि हो भन्ने पनि स्पष्ट भएको छ । यो प्रतिक्रियावादी सत्ताको डेमोक्रेटिक अधिनायकत्व हो ।
३. दलाल पुँजीवाद के हो र यसलाई कसरी बुझ्ने ?
दलाल पुँजीवाद पनि एउटा समाजिक व्यवस्था नै हो । यो व्यवस्था सामन्तवाद र साम्राज्यवादको गठजोडमा बन्ने एक प्रकारको विकृत पुँजीवादको रुप हो । यसको चरित्र घोर दलाली र आत्मसमर्पणवादी हुन्छ । यो व्यवस्था परनिर्भर र परजीवि प्रकारको हुन्छ । यो पुँजीवादकै एक रुप हो । आज नेपाल मात्र होइन विश्वका तेस्रो मुलुकका अविकसित मुलुकहरु नवउपनिवेशको.शिकार भएका छन् । पुँजीवादको चरित्र भूमण्डलीकृत एकाधिकार निगम पुँजीवादमा आएको छ भने यसको अधिनायकत्वको रुप उत्तर–साम्राज्यवादमा विकास भएको छ । यसरी आजको साम्राज्यवादको चरित्र उत्तर–साम्राज्यवादमा आएको छ । उत्तर–साम्राज्यवादले आफ्नो औपनिवेशिक नीतिमा पनि विकास गरेको छ । आज उत्तर–साम्राज्यवादले विश्वका अविकसित वा हिजोका आफ्ना उपनिवेशी देशहरुलाई संघीय इकाइको रुपमा प्रयोग गर्दै आएको छ । यो उसको नवउपनिवेशिक नीतिको परिणाम हो । नेपाल पनि यसको एक इकाइको रुपमा दर्ज भएको छ ।
यसको एउटा ताजा उदाहारण भर्खरै मात्र अमेरिकी रणनीतिमा स्थापित हिन्द प्रशान्त रणनीति(क्ष्एक्)को आर्थिक शाखाको रुपमा अगाडि ल्याइएको एमसीसी परियोजना सहश्राब्दीका चुनौति नामक कार्यक्रम जो अमेरिकी दूतावासले सिधै आइपीएसको अंग हो भनेको छ । त्यसलाई यो सरकारले सदनबाट पास गरेर लागु गर्दैछ । यसले सिधै नेपाली कानून र संविधानलाई समेत निष्क्रिय पार्ने गरी नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रावधान राखेको छ र लोकतन्त्र, सुरक्षा, उर्जा, यातायात र विकासको नाममा नेपाललाई एउटा अमेरिकी सैन्य आखडा बनाउँदैछ यो नेपाल र नेपाली जनताको भविष्यका निम्ति भयंकर घातक र आत्मघाती छ । यसलाई जसरी पनि सदनबाट पास गराउने सरकारको चालबाजीले पनि के स्पष्ट गर्दछ भने नेपाल अमेरिकी कठपुतली देशमा परिणत भइसकेको छ र सरकार र प्रतिपक्षका नेताहरु दलाल र कमिशनखोरमा परिणत भएका छन् । पास गर्न मरिहत्य गर्ने दलाल कमिशनखोरहरु अमेरिकी सरकारका पाल्तु कुत्ता भएको र नेपाललाई अमेरिकाको एक आर्थिक र प्रशासनिक इकाइ भइसकेको प्रमाणित हुन्छ । सुनिन्छ अहिले नेपालमा अमेरिकी राजदूतावास मातहत ३ हजार अमेरिकी सैनिकहरु विभिन्न रुप र भेषमा कार्यरत छन् । ती अहिले आधिकारिक सैन्य भेषमा छैनन् तर एक दिन यहि परियोजनाहरुमा टेकेर नेपाली संविधान र कानूनलाई निष्क्रिय पार्दै ती अमेरिकी सेनाहरु वैधानिक र आधिकारिक भएर सैन्य भेषमा सुरक्षाको नाममा सैन्य क्याम्पहरुमा देखापर्ने छन् । यो नेपालीहरुको निम्ति दुर्भाग्यपूर्ण हुने छ । यो सबै आधारहरु यी दलाल सत्ताले खडा गर्दै अधि बढी रहेको छ । यो घटना यो सरकारको चरम दलाली, राष्ट्रिय आत्मसमर्पण र लाचारीपनको नमूना हो ।
यो कुरा सत्य हो कि हामी नेपालको सन्दर्भमा एउटा संक्रमणकाल भोगीरहेका छौं । यो हो दलाल पुँजीवादी राज्यसत्ता । हामीले युरोपियन रुपको दासयुग बेहोरेनौं । तर बर्बर सामन्ती युगसँगै दास युगको अवशेषको रुपमा सामन्त, जमिन्दार र नोकरशाह पुँजीपति र दलाल पुँजीपतिहरुद्वारा दास बनाएका कमैया, कमलरी, हरैया, चरैया, घरेलु दास, राजा–महाराजाहरुद्वारा दरबारमा सुरासुन्दरीको नाममा राखिएका सयौं–हजारौं दास–दासीहरु, बजारहरुका बेश्यालयहरु, सुकुम्बासी र भू–दासहरु बेहोरेका छौं । आज सामन्तवादलाई बिदाई गरेका छौं तर राज्यको निरंकुश चरित्रले देशको अर्थतन्त्रलाई प्रगतिशील चरित्र दिनको साटो दलाल र परनिर्भर बनाउँदै देशको नेतादेखि कर्मचारीसम्म कमिशन, भ्रष्टचार र रेमिट्यान्समा बाँच्ने र देशको श्रमशक्ति र पूँजी विदेश पलायन गर्ने र भएका सानातिना उद्योग र मित्र राष्ट्रहरुले स्थापना गरी दिएका ठूला र मझौला उद्योग कलकारखानाहरु निजीकरणको नाममा बेची खाने र देशको प्राकृतिक साधनश्रोतहरु विदेशीहरुलाई सुम्पेर नेपाल र नेपाली जनताको दोहन गरेर जुका जस्तै मोटाउने, नेपाली अर्थतन्त्रलाई डामाडोल पार्ने काम गरिरहेका छन् । यी सब यो दलाल पुँजीवादी राज्यसत्ताकै कारण हो । यसलाई नबदलीकन यी समस्याहरुबाट नेपाली जनताले पार पाउने छैनन् ।
हामी देखिरहेका छौं एकातिर नेपाली काँग्रेस छ र अर्को तर्फ कम्युनिष्ट नामधारी दलालहरु छन् । दलीय हिसाबले नेपाली काँग्रेस ‘दलाल पुँजीवाद’को प्रतिनिधि हो भने कथित कम्युनिष्टहरु ‘सामाजिक दलाल पुँजीवाद’का प्रतिनिधि हुन् । यी दुई रुपमा फरक र सार एउटै भएको दलाल पुँजीवादको ‘एक सिक्काका दुई पाटा’ हुन् । यो आजको पुँजीवादको रुप हो । यसको रुप पक्ष स्वदेशी वा नेपाली जस्तो छ तर सार पक्ष विदेशी÷साम्राज्यवादको छ । यसको रुप पक्ष सामन्तवाद र पुँजीवादको खिचडीको रुपमा दलाल पुँजीवाद छ र सार पक्ष पुँजीवाद र साम्राज्यवाद छ । यो व्यवस्था साम्राज्यवाद बिना चल्न नसक्ने भएकोले यसले देशलाई केवल पुँजीवादको बजारको रुपमा परिणत गर्दछ । शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताहरुलाई पनि माफियाकरण र व्यापारीकरण गरेर स्वदेशको निम्ति दक्ष जनशक्ति पैदा गर्ने नभई विदेशी पुँजीपतिहरुको चाकडी र मजदुरीको लागि अदक्ष जनशक्ति पैदा गर्ने हुन्छ । यसरी चल्ने देशको सम्पूर्ण आवश्यकताहरु आयातमा भरपर्नुपर्ने भएकोले देश ऋणमाथि ऋणमा डुब्दै जाने हुन्छ र त्यो ऋणको भार नेपाली नागरिकहरुमाथि थुप्रिदै जान्छ । गएको २०७४ स्थानीय चुनाव अगाडि प्रत्येक एक नेपाली जनताको टाउकोमा १९ हजार ऋण भार थियो भने आज प्रत्येक नेपालीको टाउकोमा ‘३३ हाजार ऋणभार३’ थुप्रिन आएको उनीहरुकै तथ्याङ्क छ । यो दलाल सत्ता रहँदासम्म यो ऋणभार अझ दशौं गुणा बढेर जाने छ । त्यसैले यो दलाल संसदीय व्यवस्थाको अन्त्य अबको नेपाली जनताको कार्यभार बनेर उभेको छ ।
यो निश्चित छ कि यो दलाल सत्ताको अन्त्य छिटोभन्दा छिटो हुन्छ, गर्न सकिन्छ र गर्न जरुरी छ । यो एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जाने ‘ंिसँडी व्यवस्था४’ हो । माथि भने झै हामीले अनिवार्य रुपले पार गर्नु पर्ने केही समाजिक व्यवस्थाहरु पार गरिसकेका छौं र यसलाई पनि हामीले नचाहेर पनि पार लगाउनु पर्ने छ । नेपालको इतिहासलाई फर्केर हे¥यौं भने पृथ्वीनारायण शाहको सामन्ती राज्य एकीकरणपछि बनेको नेपालको केन्द्रीकृत राज्यसत्ता यो अढाई सय वर्षको अवधिमा ४÷५ चरणबाट गुज्रेको पाउँछौंं ।
पहिलो केन्द्रीकृत सामन्ती व्यवस्था, जुन राजा–महाराजाहरुको युग थियो, जहाँ राज्यसत्ताको बागडोर राजामहाराजाहरुको हातमा थियो । सबै चीज उनीहरुको निगाहामा चल्थ्यो । यो अवधि करीव ७८ बर्ष चल्यो ।
दोस्रो राणा शासन कालले १०४ बर्षको समय लियो । यो राणाहरुले राजाबाट अधिकार आफूले लिएर चरम जहानीय निरंकुश शासन चलाएको अवधि थियो ।
तेस्रो २००७ सालपछि राजामहाराजाहरुले पुनःअधिकार लिएर चलाएको अवधि राजतन्त्रकाल थियो । यसले ५६ बर्षको समय लियो । यसलाई पनि २००७ देखि २०५२ सम्मका ४५ बर्षहरु जनताको जागरण कालका रुपमा लिन सकिन्छ । यसमा पनि ७ सालदेखि १७ सालसम्मको एक चरण, १७ देखि ४६ सम्मको दोस्रो चरण र ४६ देखि ५२ तेस्रो चरण र ५२ देखि ६२÷६३ सम्मको चौथो चरण गरेर राजतन्त्रको अन्त्य गरिएको छ ।
चौथो, पछिल्लो ५२ पछिको १० बर्षको जनयुद्धकाल भीषण उथलपुथलका बर्षहरु थिए । यो जनताको विद्रोहको अवधि थियो । यसले राजतन्त्रको अन्त्य ग¥यो र नेपालमा गणतन्त्र स्थापना गर्ने काम ग¥यो । यो जनयुद्धको महानता थियो । २३८ बर्षदेखि जरा गाडेर बसेको राजतन्त्रको अन्त्य गर्नु पनि चानचुने चुनौति थिएन, तर यसले पनि राजनीतिक निकास दिन सकेन । उल्टो यसले घोर दलाल सत्ता जन्मायो । यसले देशै बेचि खाने ठाउँमा ल्याइपु¥याएको छ । यसले अझ तीव्र गतिमा निकास खोजेको छ ।
इतिहासले अव पाँचौं चरणमा पाइलो टेकेको छ । यो चरण आमूल परिवर्तनको चरण साबित हुनेछ । किन कि हरेक चरणको आन्दोलनले एउटा परिवर्तन लिएर आएको छ । यो पटकको परिवर्तनले दलाल पुँजीवादलाई बिदाई गर्नेछ र यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नेछ । किनकि अहिलेको नेपाल र नेपाली जनताको प्रगति र विकासको तगारो यहि दलाल पुँजीवाद हो । यसलाई नपन्छाई नेपाली समाजले अग्रगति लिन सक्दैन । त्यसैले अबको नेपाली राजनीतिको केन्द्रबिन्दु यहि दलाल सत्तालाई परिवर्तन गर्ने रहेको छ । एकीकृत जनक्रान्ति यो क्रान्तिको कार्यदिशा हुनेछ । यसपछि नेपाली जनतालाई फेरी अर्को क्रान्ति जरुरी हुने छैन ।
४. वैज्ञानिक समाजवाद के हो ?
नेपालमा खडा भएको राज्यसत्ताको स्वरुप घोर दलाली चरित्रको छ । यो घोर फाँसीवादी पनि छ । यसलाई वैज्ञानिक समाजवादी व्यवस्था ‘समाजवादी गणतन्त्र नेपाल’मा बदल्नु अबको क्रान्तिको न्यूनतम राजनैतिक कार्यक्रम बनेको छ । अहिले बर्तमान दलाल पुँजीवादी राज्यसत्तालाई आमूल परिवर्तन गर्ने कुरामा कम्युनिष्ट क्रान्तिकारीहरुमा दुई मत छैन तर त्यसपछि कुन व्यवस्था स्थापना गर्ने ? भन्ने कुरामा मतैक्यता छैन । जनवाद या वैज्ञानिक समाजवाद ? यी दुई प्रश्न हाम्रा अगाडि छन् । यसमा कम्युनिष्टहरुको गम्भीर छलफल र समीक्षा जरुरी छ । जनवाद हो या समाजवाद÷वैज्ञानिक समाजवाद, जे भएपनि गर्ने क्रान्ति हो र यो दलाल सत्तालाई क्रान्तिद्वारा बदल्ने कुरा हो । यसमा एकमत भएर जान जरुरी छ । त्यसपछि के स्थापना गर्ने भन्ने कुरा छलफलबाट टुंग्याउन सकिन्छ । अहिले नै थबाङ पुग्ने कि फुन्टीवाङ पुग्ने कुरा मुख्य होइन । दलाल सत्तालाई जरैबाट उखेल्ने प्रश्न मुख्य काम हो ।
जहाँसम्म जनवाद कि समाजवाद ? भन्ने कुरा छ – यी एउटै सिक्काका दुई पाटा हुन् । नेपालमा दश बर्षको जनयुद्धले नेपाली क्रान्तिको एउटा कार्यभार पूरा गरेको छ । सामन्तवादको मूल जरा उखेलेर फालेको छ । केही अवशेषहरु पक्कै छन् तिनलाई क्रान्तिको दौरानमा पूरा गर्दै क्रान्तिपछिको निकै छोटो अवधिमा यी पूरा गरिनेछन् । गर्ने र भन्ने वैज्ञानिक समाजवाद नै हो । क. माओले १९४९ मा जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । यसको लगतै ५ बर्ष मै समाजवादी कार्यक्रम अगाडि सार्नुभयो । जहाँसम्म हाम्रो सन्दर्भको कुरो छ हामी त्योभन्दा अगाडि बढेका छौं । अब नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक देश पनि रहेन र सामन्त राजामहाराजाहरु र सामन्त–जमिन्दारहरु बिरुद्धको संघर्षको रुप पनि बदलिएको छ । अव नेपालमा नवउपनिवेशिक शासन सत्ता र दलाल पुँजीवादका बिरुद्धको नेपाली जनताको संघर्ष मुख्य बनेको वर्तमान अवस्थामा जनतालाई अग्रगामी विचार वैज्ञानिक समाजवादी विचार र हतियारले दिक्षित–प्रशिक्षित नबनाइकन अबको साम्राज्यवादको चुनौति चिर्न सकिदैन । यसैमा पनि नेपाली समाजका उत्पीडनहरुको वैज्ञानिक हल वैज्ञानिक समाजवादी व्यवस्था र विचारले मात्र दिन सक्दछ । यस सन्दर्भमा जनवादी विचार यथास्थितिमा पर्न जाने र हामी दुश्मन भन्दा पछि पर्न जाने खतरालाई ध्यानमा राख्दै जनतालााई ‘‘स्यालको शिकार बाघको खजाना’’द्वारा सुसज्जित बनाउनु नै कम्युनिष्टहरुको नैतिकता र जिम्मेवारी बन्न आइपुगेको छ । अनिमात्र दलाल पुँजीवाद क्रान्तिको निशानामा पर्न जान्छ । किनकि आजभन्दा २५ बर्ष अगाडि जुनबेला नेपाली क्रान्तिको कार्यदिशा जनयुद्ध र नेपाली राजनीतिको निशाना सामन्तवाद थियो । आज त्यो स्थिति आकाश पाताल फरक भएको छ । अन्तरविरोधहरु फेरिएका छन् । उत्पादक शक्ति र उत्पादन सम्बन्धमा पनि आधारभूत रुपले हेरफेर आएको छ । कतिपय सन्दर्भमा हिजोको शत्रु मित्र र हिजोको मित्र शत्रुमा फेरिएको अवस्था छ । नेपाली समाजको चरित्र पनि तीव्र रुपमा बदलिदो छ । यी अवस्थाहरुले हामीलाई एक ठाउँमा रहन र एउटै चिजमा अडिरहन दिदैन । समाजको गतिशिल चरित्र अनुसार चलेनौ भने हामी पनि समाज सुधारक वा धर्म गुरुहरुभन्दा फरक हुने छैनौं । यसकारण पनि हाम्रो सापेक्षतामा नयाँ खोज र अनुसन्धानबाट अबको नेपाली समाज र कम्युनिष्टहरुको गन्तव्य ‘वैज्ञानिक समाजवाद’ हो र यसलाई प्राप्त गर्ने राजनैतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ हो भन्ने हाम्रो निष्कर्ष रहेको छ ।
जब हामी पछि फर्केर अलि परसम्म हेछौं र सोच्छौं, जीव विज्ञान र समाज विज्ञानतिर नजर राख्दछौं, मान्छेमा एउटा अद्भूद चीजले काम गरेको देख्छौं । मान्छे पृथ्वीका हजारौं प्रजातिका प्राणीहरुमध्ये एउटा प्रजातिको प्राणी हो, जो सबभन्दा पछि पैदा भयो । मान्छे मान्छे हुनुमा उसको चेतनाको महत्वपूर्ण भूमिका छ । मस्तिस्क सबै प्राणीको हुन्छ । अजंगको प्राणी हात्तीदेखि सानो जीव कमिलासम्मको पनि मस्तिस्क हुन्छ । जसका माध्यमबाट उसले आफ्नो दैनिक दिनचर्याका कामहरु गर्दछ । मानिस त्यसमध्येको उत्तम प्राणी हो जसले भूत, वर्तमान र भविष्यबारे सोच्दछ । राम्रो–नराम्रो, ठीक–बेठिक, सहि र गलत छुट्याउन सक्छ । त्यसै कारणले मान्छे मान्छे भएको हो, नत्र मान्छे पनि लाखौं प्राणीहरुमा एक प्राणी त हो । त्यसैले मानिसलाई मानिस बनाउने नै उसको चेतना हो । ठूलो र बलियोको हिसाबले भन्ने हो भने त कुनै जमानामा यस पृथ्वीमा डायनोसर जस्ता अजङ्गका प्राणी पनि थिए । तर तिनमा मान्छेको जस्तो सोच्न सक्ने दिमाग नभएको कारण आज डायनोसर जस्ता प्राणी पनि यो पृथ्वीबाट लोप भएर गयो र आज केवल हाम्रो कल्पनामा मात्र सीमित छ । आज पृथ्वीमा भएका जलचर, स्थलचर, वायुमण्डलीय प्राणी र पिण्डहरुमा समेत अधिपत्य कायम गर्न सक्नुमा मान्छेको त्यहि मस्तिस्कको चमत्कार बाहेक अरु केही पनि होइन । आज मानिसले जल, थल र नव तीनै क्षेत्रमा अधिपत्य कायम गर्न सक्नु र आबिस्कारको नयाँनयाँ किर्तिमान खडा गर्दै जानुमा तिनै दिमागी खेल नै प्रमुख रहेको छ । तर उत्पतिदेखि आजको यो अवस्थासम्मका कुरा गरिरहँदा मान्छेको अरु शत्रु सहायक बने । आज मानिसको सबभन्दा ठूलो शत्रु मान्छे नै बनेको छ । कोरियाबाट अमेरिका हान्ने क्षेप्यास्त्र मान्छेले नै बनाएको छ । अमेरिका, रुस, चीन लगायतका आणवीक शक्ति राष्ट्रहरुले संसारै ध्वस्त पार्ने अस्त्रहरु बनाएर आज संसारलाई आफ्नो काबुमा राख्ने दुष्प्रयास गरिरहेका छन् । आखिर यी खतरनाक हतियारहरु के का लागि र कसका विकास र विनासका लागि बने ? उहि मान्छेका लागि र मान्छे मार्नका लागि ? र एक देशले अर्को देशलाई ध्वस्त बनाउनका लागि ? के यो ठीक हो त ? पक्कै पनि ठीन होइन । त्यसो भए यसको उचित समाधान के होला ? संसार ध्वस्त नपारीकन समाजलाई निशस्त्रीकरण गर्ने सबभन्दा राम्रो र उत्तम उपाय के होला ? यसको सहि उपाय नै मानिसले वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादको यात्रा तय गर्नु हो । यो नै समाजलाई वर्गबिहिन समाजमा बदल्ने र समाजका सारा मानिसलाई निशस्त्रीकरण गर्दै मानिसलाई स्वतन्त्रताको दुनियाँमा लैजाने सवभन्दा उत्तम बाटो र सोच हो । त्यो ‘कल्पनाको दुनियाँ५’ तर ‘अनिवार्य मानव गन्तव्य६’मा पुग्ने लेनिनको भाषामा वैज्ञानिक समाजवाद एक संक्रमणकालिन व्यवस्था हो । यो वैज्ञानिक समाजवादको भ¥याङ चड्न हामीले दलाल पुँजीवादको तगारो पन्छाउनु पर्ने छ । यो कार्य कठिन तर अनिवार्य र सुनिश्चित छ ।
५. राज्यको विलोपीकरण भन्नुको अर्थ के हो ?
निश्चय नै यति कुरा गरिरहँदा हामी एकातिर सर्वहारा वर्गको सत्ता स्थापना गर्ने कुरा पनि गरिरहेका छौं र अर्कोतिर सत्ताको बिलोपीकरणको कुरा पनि गरिरहेका छौं । यसो हेर्दा यी अन्तरविरोधी जस्तो देखिन्छन् तर यी अन्तरविरोधी छैनन् । यी एक अर्काका पुरक छन् । सत्ता प्राप्तको कुरा कार्यनीतिको प्रश्न हो भने सत्ता बिलोपीकरणको कुरा रणनीतिक प्रश्न हो । सत्ताको बिलोपीकरणको प्रक्रिया मानव समाजको अन्तिम सभ्याताको चरण७ हो । यो अहिले हाम्रो कल्पनाको गतिले पनि भेटाउन नसक्ने भएकोले हाम्रो कल्पनाभन्दा बाहिर छ भनिएको हो । यसलाई कमरेड माओले बन्दुकबाट छुट्कारा पाउन बन्दुक समाउनु पर्छ भन्नु भए जस्तै हो । वर्गको उन्मुलन, जातिपातीको उन्मुलन, मानिसमाथि थोपरिएका सबै प्रकारका उत्पीडनहरुको उन्म्ुालन, सबै प्रकारका असमानता र विभेदहरुको अन्त्य र अन्तमा राज्यसत्ताकै उन्मुलन नै कम्युनिष्टिहरुको अन्तिम ध्येय हो ।
अहिलेको कुरा गर्दा यो पृथ्वीका हामी मानिसहरु तीन चार थरि चेतना र राज्यसत्ताका शिकार, भइरहेका छौं । हाम्रो गाउँ समाजमा पनि अलि जानेमानेको मान्छेले नजानेको र विचार चेतनामा पछि परेको मानिसमा जसरी अधिपात्य कायम गर्न खोज्दछ । ठीक त्यसरी नै यो संसारमा पनि एकथरि मान्छेहरु शिक्षा, चेतना, प्रविधि र विकासमा अगाडि छन् । विकासको उपभोग गर्नेमा पनि उनीहरु नै अगाडि छन् । तिनैले आज पछाडि परेका मानव समुहमा अत्याचार गरिरहेका छन् । हिँसा थोपरिरहेका छन्, अमानवीय उत्पीडन थोपरिरहेका छन । यसको विरोध गर्दा दमन र प्रतिरोध, हिँसा र प्रतिहिंसा भइरहेको छ । यो नै वर्ग संघर्ष हो र थोपर्ने साधनको नाम नै राज्यसत्ता हो । यसको प्रतिरोध गर्ने मानव समुह नै विद्रोही समुह हो र यसको सचेत नेतृत्व नै कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टीले समाजका यहि हिंसा, दमन, अत्याचार, मानवमाथि मानवले गर्ने हर उत्पीडन, समाजका असमानता र विभेदहरु तथा अन्तमा सबै मानव जातिहरु मिलेर समाजकै वर्गको अन्त्य गर्न चाहन्छ ।
माओले राज्यसत्ता बाहेक सबै भ्रम हो भन्नुभएको छ । यसको अर्थ सत्ता सधैको निम्ति रहिरहन्छ र राखिराख्नु पर्छ भन्ने होइन । कम्युनिष्ट र गैरकम्युनिष्ट८मा यति फरक छ कि कम्युनिष्ट विरोधीहरु राज्यसत्तालाई कहिल्यै नमासिने र सधैं रहिरहने बस्तुको रुपमा अघि सार्छन् र व्याख्या गर्छन् । कम्युनिष्टहरु सत्ताको कुरा उठाइरहँदा सत्ताको बिलोपीकरणलाई केन्द्रबिन्दुमा राखेर कुरा गर्छन् । कम्युनिष्टहरु राज्यसत्तालाई अस्थायी र अस्थिर रुपमा बुझ्दछन् जवकि पुँजीवादीहरु वा कम्युनिष्ट विरोधीहरु राज्यसत्तालाई स्थायी र स्थिर रुपमा बुझ्दछन् । फरक यहिँ छ । माक्र्सवादका प्रवर्तकहरु कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले वर्गबिहिन सत्ता आदिम साम्यवादबाट दास समाज, सामन्ती समाज, पुँजीवादी समाज, हाम्रो सन्दर्भमा दलाल पुँजीवादी समाज, वैज्ञानिक समाजवाद हुँदै अन्तमा मानव समाज वा मानव जाति वर्गबिहिन वैज्ञानिक साम्यवादमा पुग्ने कुरा बताएका छन् । मानिस आदिम साम्यवादबाट दास युगमा पदार्पण गर्दा वर्गसत्ता सहित आए । उनीहरुले वर्गसत्तालाई व्यवस्थित गर्ने क्रमसंगै पुरानो सत्ताको चिहान खन्ने काम पनि सँगै गरे र एकपछि अर्को गर्दै पुरानोको गर्भबाट नयाँ र प्रगतिशिल सत्ताका रुपहरु जन्मदै मर्दै गर्दै आए । यसरी नै दास समाजले सामन्ती समाजलाई जन्म दियो । सामन्ती समाजले पुँजीवादलाई र पुँजीवादले वैज्ञानिक समाजवादलाई जन्म दिदै आएको छ । पृथ्वीका मान्छेहरुको यहि असमान चेतनाको विकासले राष्ट्र र देशहरुको विकास प्रक्रिया पनि असमान ढंगले हुँदै आएको छ । यो अवस्थामा केही देश र त्यहाँका जनता चरम पुँजीवादमा, केही पुँजीवादमा, केही समाजवादमा, केही दलाल पुँजीवादमा र केही त अझै सामन्ती र अर्धदास समाजको नियति भोगिरहेको अवस्था छ । हाम्रो देशमा पनि यो असमान चेतना र विचारको कारण एकथरि मान्छे अझै दास र अर्धदासको अवस्थामा छन् । जति पढेलेखेको भए पनि यदि उसमा मुक्तिको चेतना छैन भने उ दासै हो । आज कतिपय मान्छेहरु आफूलाई बडा पढेलेखेको घमण्ड गर्छन् र यो सत्ताको निकै गुणगान र पक्षपोषण गरिरहेको पाइन्छ । ती साम्राज्यवादका दास हुन् । वास्तवमा तिनीहरु नै आधुनिक दास हुन् । यहाँका सारा दलालहरु साम्राज्यवादका दास हुन् जसले साम्राज्यवादले उठ् भने उठ्, बस भने बस, गर्ने र उनको कुरो नमाने एकै क्षणमा फाँसी वा जेल । ती दास नभइ के हुन् ? नेपाली जनता आज दास बन्न तयार छैनन् । कम्युनिष्टहरु यी सबै दासत्वबाट मुक्त हुन्छन् । कम्युनिष्टहरु आधुनिक समाजका स्पार्टाकस हुन् र बन्न सक्नु पर्छ । अहिले भने उनीहरु समाजका सचेतक र चालक शक्ति हुन् । उनीहरु पुरानो सत्ता बदल्न चाहन्छन् र अन्तमा यो वर्गमा आधारित सत्ताको अन्त गर्दै सारा दुनियाँलाई सम्पूर्ण मानव बन्धनहरु र दासताका जंजीरबाट मुक्त गर्न चाहान्छन् । त्यो महान विचार र मुक्ति अभियानमा सरिक हुनुमा नै सत्ता बिलोपीकरण सम्भव छ । आउनुस यो अभियानमा जुटौ । वास्तवमा धर्मगुरुहरुले भनेको झुुठा आस्श्वासनभन्दा यो बाटो नै महान र साँच्चै ‘स्वर्ग जाने बाटो’ हो ।
अन्तमा सत्ता सम्बन्धी यी ५ प्रश्नहरुको बारेमा थप जिज्ञासा र प्रश्नहरु अधुरै छन् । कतिपय बितेका इतिहासमा खोजौं । कतिपय वर्तमानमा खोजौ,ं कतिपय अझै हाम्रो कल्पनाबाहिर हुन सक्छ किनकि हाम्रो हेनर्,े बुझ्ने क्षमताको सीमा छ । यसलाई बुझ्ने जिम्मा समय, परिस्थिति र सचेतताको पक्षलाई जिम्मा दिनु नै उपयूक्त हुनेछ ।
टिप्पणी ः
१. अधिकारप्राप्त व्यक्ति भनेर त्यतिबेलाका राजा–महाराजा र राज्यका मालिकहरुलाई भन्न खोजिएको हो ।
२. म्झयअचबअथ को नेपालीमा एउटै साझा सर्वसम्मत पदावलीको अभावमा ‘डेमोक्रेसी’ पदावली प्रयोग गरेको ।
३. भर्खरै प्राप्त एक गैरसरकारी तथ्याँक ।
४. संक्रमणकालिन व्यवस्था ।
५. स्वतन्त्रताको दुनियाँ, वर्गबिहिन समाज ।
६. साम्यवाद जहाँ मानिस पुग्न अनिवार्य छ ।
७. वर्गविहिन समाज, वैज्ञानिक साम्यवादी समाजको उत्तम वैज्ञानिक सामाजिक सभ्याता ।
८. कम्युनिष्ट विरोधीहरु जो कम्युनिष्टहरुको भरमार विरोध गर्दछन् तिनलाई साङ्केतिक रुपमा भनिएको छ ।