कोरना शब ब्यवस्थापन पुर्ब तयारीका लागी नेबि संघले बुझायो जिप्रकामा ध्यानाकर्षण पत्र !

पोखरा : कोरोना भाइरसको संक्रमण बाट मृत शव व्यवस्थापनमा सरकारले कुनै पूर्वतयारी नगरेकाे र यस्ताे संकटकाे बेलामा समेत मानवीय संवेदनासंग खेलेको भन्दै नेपाली काङ्ग्रेसको भातृ विधार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ ।

नेविसंघ कास्कीका प्रभावशाली नेता प्रताप बानियाले शुक्रबार ध्यानाकर्षण पत्र जारी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट कोरोना संक्रमणको कारणले मृत शव व्यवस्थापन गर्न निश्चित ठाउँ ताेक्न र सुरक्षित व्यवस्थापन गर्न तत्काल सर्वदलीय बैठक एवम सम्बन्धित सराेकारवालाहरु संग छलफल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा साहायक जिल्ला प्रशासन अधिकारी कृष्ण चन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ्न।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेबिसंघ कास्कीका नेता प्रताप बानिया, ललितकला प्रज्ञा प्रतिष्ठानको पूर्ब प्राज्ञ नगेनसिह ठकुरी, नेपाली काङ्ग्रेस कास्की जिल्ला सदस्य दिनेश पौडेल , नेविसंघ कास्की क्षेत्र नं १ निवर्तमान सभापति सुमिर जंङ्ग गुरुङ्ग , नेविसंघ कास्किका नेता कुमार पुन , किरण पुन , खुसिमान पुनस्याम पुनबिजय गुरुङ्ग,
लगायतको नेताहरु उपस्थित रहेको नेबिसंघ कास्कीका नेता सुवास भण्डारीले बताए।

‘ जेठ २५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका संक्रमित व्यक्तिको शव पोखरा २१ र २० को सिमानामा शव व्यवस्थापन गर्दा र हिजो असार ११ गते गगनगौडा स्थित सेतिघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले कोरोना संक्रमण संन्त्रासले वस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै शव व्यवस्थापनमा अवरोध संगै प्रहरी र स्थानीय युवा बिचको झडप भएको थियो । यसले शोक संतप्त परिवारजनमा मृत्युुकाे पींडा त छदैछ, लास जलाउन / गाड्न नपाउँदा सरकार मानवीय संवेदनालाई पनि बेवास्ता गरेकाे देखिन्छ ।’, नेविसंघ कास्कीद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

‘देश कोरोना संन्त्रासले मात्र सन्नटा छाएको छैन संक्रमितको बढ्दो गति र बढ्दो मृत्युदरले पनि संत्रास फैलाएको छ, यस्को पुर्वतयारी सरकारको उत्तरदायित्व हो। , याेजना सहितकाे लकडाउनले मात्र याे स्वास्थ्य संकटबाट पार पाउन सकिन्छ ,सबैभन्दा पहिला कोरोना संङ्क्रमणबारे तथ्यांक यकिन गर्न परिक्षणकाे दायरा फराकिलो बनाउनु जिम्मेवार सरकारकाे पहिलाे कर्तव्य हाे । ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

शव व्यवस्थापनको कारणले स्थानीय बासिन्दामा कोरोना संक्रमणको संन्त्रासले उत्पन्न असहज र भयभीत अवस्था तत्काल सुरक्षात्मक तरिकाले सन्त्रास रहित व्यवस्थित गरि स्थानीयमा सहज बाताबरण बनाउन र यदि शव व्यवस्थापन स्थलमा स्वास्थ्य सुरक्षात्मक सतर्कता अप्नाएर मिल्छ भने स्वास्थ्यकर्मीहरु संगकाे सल्लाह लिएर आफ्नो परम्परा अनुसारको मृत्युु संस्कार गर्न दिन नेविसंघ कास्किले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस