एमसिसी बिरुद्द पोखराका मुख्य स्थानमा बिद्रोही नेकपाको पोस्टर, पर्चा र ब्यानरमय !

१० असार  , पोखरा – बिद्रोही नेकपा कास्कीले पोखराका विभिन्न मुख्य चोकहरुमा एमसीसीविरुद्ध पोस्टर, ब्यानर टाँस्दै साथै पर्चा बितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले घोषणा गरेको कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा यस्ता बिरोध जनाएको बताईएको छ ।

पोखराका मुख्य स्थानमा राष्ट्रघाती एमसीसीविरुद्ध विभिन्न चरणमा लगातार बिरोध जनाईदै आईरहेको छ। बिरोधमा राष्ट्रघाती एमसीसी सम्झौता चाहिदैन, अमेरीकी सेना ल्याउन पाईदैन !! लेखिएको कालो ब्यानर झुण्डाई बिरोध जनाईएको कास्की जिल्ला सेक्रेटरी बिजयले बताउनु भयो।

अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा गण्डक ब्युरोको कार्यक्रम अनुसार असार ८ गते बाट १२ सम्म प्रसार प्रसार, यसमा पोस्टरिङ, ब्यानर र पर्चा तथा प्लेकार्ड , ११ गते कोण सभाहरु, १३ गते प्ले कार्ड सहित प्रदर्शन, १४ गते मसाल जुलुस, १५ गते जनप्रदर्शन गरीने बताईएको छ ।

यसअघि पनि नेकपा कास्कीले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस र कोणसभाहरू, प्ले कार्ड प्रदर्शन इत्यादि सम्पन्न गर्दै आईरहेको नेकपा कास्कीले जनाएको छ । एमसिसी जबसम्म खारेजी हुँदैन तबसम्म बिरोधका कार्यक्रम रहिरहने पनि उहाँले बताउनु भयो ।

यस्तै एमसिसी बिरुद्द देशब्यापी आन्दोलनहरु चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस