बिध्यार्थी नेता पक्राउ प्रती बिप्लव निकट अखिल क्रान्तिकारी कास्कीको आपत्ति ( बिज्ञप्ति सहित ) !

पोखरा : पोखराबाट  जेठ २३ गते शुक्रवार कास्की प्रहरीद्वारा पक्राउ परेका प्रतिबन्धित नेकपा निकट विद्द्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कास्कीका दुई कार्यकर्तालाई कास्की प्रहरीले हिरासतमा राखेको छ ।

प्रकाउ पर्नेमा कास्की मादी गाउँ पालिकाका घर भएका गगन परियार र अर्घाखाँचीका विकास घर्ती मगर ( बिरेन्द्र )रहेका छन्। उनीहरु दुवै क्याम्पस पढ्ने बिधार्थीहरु हुन्।

उपचारका लागी मेडिकल जाँदै गर्दा प्रहरीले धरपकड गरेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य  प्रकाश बास्तोला र अखिल क्रान्तिकारी कास्की जिल्ला संयोजक पुरन पुन मगरले गिरफ्तारीको निन्दा गर्दै एक संयुक्त बिज्ञप्ति जारी गरेका छन् ।

बिज्ञप्ति मार्फत आँफुहरु राष्ट्रका विभिन्न राष्ट्रघाती कदम र बिध्यार्थीहरुको पक्षमा लडिरहेको जिकिर गर्दै ओलि सरकारले गरेका यस्ता क्रीयाकलाप, धरकपट र गिरफ्तारी रोक्न अपिल समेत गरेका छन् ।

यस्तै बिज्ञप्तिमा भनिएको छ ” ओलि नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको अघोषित रुपमा प्रतिबन्धित गर्ने, गिरफ्तार गर्ने, यातना दिने, झुठो मुद्दामा फसाउने जस्ता निन्दनिय र अमानविय कार्य गर्दै आएको छ । यस्ता घटिया कार्यको जति निन्दा गरेपनी अपुग नै हुन्छ ।
यहि जेठ २३ गते बिरामी भएर उपचारको लागि नयाँबजार जाँदा संगठन का कास्की जिल्ला सदस्य गगन परीयार र इकाई सदस्य बिरेन्द्र थापालाई गिरफ्तार गरीएको छ । यसरी फरक राजनैतिक आस्था राखेकै आधारमा गरीएको गैह्रन्यायिक गिरफ्तारीको हाम्रो संगठन घोर भर्त्सना गर्दै बिनासर्त अबिलम्ब रिहाईको माग गर्दछौं ।”

यस्तै बिज्ञप्तिमा थप भनिएको छ ” यदि यो देशमा बोल्दा समातिन्छ , राष्ट्र र जनताको पक्षमा बोल्दा गिरफ्तार गरिन्छ , आफ्नो भुमि मिचिएको बिषयमा बोल्दा निषेध गरीन्छ भने उचित समयमा बिध्यार्थी आन्दोलन र कडा संघर्ष गर्न बाध्य हुनेछौ । जसको परिणाम भयानक हुनेछ ।

बिज्ञप्तिको पुर्ण पाठ :-

प्रतिक्रिया दिनुहोस