एमसीसी सम्झौता बिरुद्द नेकपा कास्कीको सशत्त बिरोध, ओली र देउवाको पुत्ला जलाईयो ।

नेपाल नेपाल कम्युनिस्ट पार्टी कास्कीले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत जेठ २१ गते एमसीसी सम्झौता देशको हितमा नरहेको स्पष्ट पार्दै नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरेको छ ।

नेकपाले एक बिज्ञप्ति मार्फत देशव्यापी एमसीसी सम्झौतापत्र जलाउने साथै केपि ओलि र शेर बहादुर देउवाको पुत्ला जलाउने निर्णय गरेको थियो ।

यसै अनुरुप नेकपा कास्कीले जेठ २० गते एमसिसी सम्झौता प्रति जलाउनुका साथै विभिन्न पोस्टर मार्फत बिरोध जनाएको थियो भने आज जेठ २१ गते नेका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपि ओलीको सेती घाटमा लगेर पुत्ला जलाएको नेकपा कास्कीले पोखरापाटीलाई बताएको छ ।

एमसिसी सम्झौता रास्ट्रघाती रहेको भन्दै नेकपा कास्कीले विभिन्न नारावाजी समेत गरेका थिए । यस्तै यो सम्झौताको विरोधमा सम्पूर्ण देशभक्त, क्रान्तिकारी, प्रगतिशील, आमजनता एक हुन आवश्यक रहेको र यो राष्ट्रघाती सम्झौताको सशक्त रूपले विरोध गर्न आम जनतालाई एकजुट हुन र राष्ट्रिय आन्दोलनमा सरिक हुन अपिल समेत गरेको थियो ।

नेकपाले केन्द्रीय कार्यक्रम अन्तर्गत २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन्  ।

यस्तै स्याङ्जाको वालिङ नगरपालिका को सिर्सेकोट्मा पार्टी सेक्रेटरी सागरको नेतृत्वमा पनि पुतला दहन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस