भारतिय सिमा अतिक्रमण बिरुद्द अखिल क्रान्तीकारी कास्कीद्वारा बिरोध प्रदर्शन !

बिप्लव नेतृत्व निकट अखिल क्रान्तिकारी कास्कीले भारतले गरेको सिमा अतिक्रमण र हेपहा प्रवृत्तिको बिरोध गर्दै पोखरामा आज बिरोध प्रदर्शन गरेको छ ।

लगातारको सिमा अतिक्रमण र नेपाली भुमी कालापानी क्षेत्रमा अनाधृकृत बनाइएको मार्गको बिरोध स्वरुप अखिल क्रान्तिकारी कास्कीले फोस्टर सहित बिरोध जनाएको हो ।

 

इपोस्टरमा दलाल सरकार मुर्दावाद, देश बेच्न पाईदैन, सिमा मिच्न पाईदैन, हाम्रो भुमी फिर्ता गर , मोदी मुर्दावाद, भारतिय साम्राज्यवाद मुर्दावाद, भारतिय सेना कालापानी छोड जस्ता नाराहरु अङ्कित गर्दै बिरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस