गण्डकी प्रदेशमा  पुन: संक्रमित भेटिए , संक्रमीत संख्या २ सय ४६ !

गण्डकी प्रदेशमा  पुन: संक्रमित भेटिएका छन् । प्रदेशको नवलपुर जिल्लामा विहिवार दिउसो एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले  भरतपुर अस्पताल कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा उक्त व्यक्तिमा  कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले समेत गण्डकी प्रदेशमा पुन : संक्रमण देखिएको भन्दै सुरक्षित रहन सबैलाई आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस