विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
नेपालको भुभागमा गरिएको भारतीय हस्तक्षेप, भुमी अतिक्रमण को विरोधस्वरुप आज देशभर भारतिय प्रमको पुत्ला दहन एवं विरोध कार्यक्रम नेकपाले घोषणा गरेको थियो । यसै अनुरुप कास्कीको विभिन्न ठाउँमा बिरोध स्वरुप मोदिको पुत्ला दहन गरीएको बताईएको छ ।
यसैगरी कास्कीमै अखिल क्रान्तिकारी कास्कीले पनि पुत्ला दहन कार्यक्रम गरेको थियो ।
पुत्ला दहन कार्यक्रममा भारतले राष्ट्रियतामाथी गरेको नाङ्गो हस्तक्षेपको बिरोध सभासमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले २२ किलोमीटर सडक खन्दासमेत थाहा नपाएझै गर्ने सरकारले राष्ट्रिय अस्मितामाथिको गम्भीर प्रश्न उठ्दासमेत निरीह बनेको आरोप लगाए ।