काठमाडौं । बिश्वब्यापी माहामारीका रुपमा फैलिएको कोरना भाईरस ( कोभिड – १९ ) को कारण यसको रोकथाम गर्न र माहामारी फैलिन नदिन सरकारले लामो समय देखि देशमा लकडाउन गरेको छ ।
यसै बिच बैशाख १५ सम्म रहेको लकडाउनको समाबधि थप गर्दै सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो। र त्यसपछी बैशाख १५ हुँदै पुनः थप गर्नुपर्ने अवस्था रहेको कारण बैशाख २५ सम्म थप गरेको हो ।