कोरोना डरलाग्दो कि पुँजिवाद ?

यतिबेला सिङ्गो मानव जगत कोरोना नामको संक्रमण सँग जुधिरहेको छ। Covid 19 (कोरोना) नामको यो भाइरसको उत्पती कहाँबाट भयो यो अझै बिवादमा छ यद्यपि यसको पहिलो प्रभाब र असर चाहिँ चिनको बुहानमा भएको सर्बत्र छ । यो भाइरसको संक्रमण अमेरिकी सेना र चिनियाँ भाइरस संक्रमण भनेर अहिलेपनी दोषारोपण मै छन् । यो कृत्रिम हो या जैविक यसमा पनि अनेक तर्कहररु गरीरहेका छन् । तर जेसुकै भएपनी यो एउटा सरुवा रोग हो र यसले एउटा नमिठो क्षति सहित दुनियाँ लाई पाठ पढाइरहेको छ।

कोरोनाको संक्रमण बाट हालसम्म २५००० भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस संक्रमिक भएर बसेका छन। यसले एसियामा चिनलाई केन्द्र बनाएर क्षति पुर्यायो, युरोपमा इटालीलाई केन्द्र बनाएर क्षति पुर्यायो, भने अमेरिकी मुलुकमा संयुक्त राज्य अमेरिकालाइ केन्द्र बनाएर ठूलो क्षति बनाउँदै अन्य मुलुकमा यो रोगले आफ्नो क्षेत्र बिस्तार गर्दै गयो । करिब १८५ देशमा हाल यसले एकसाथ चुनौती बढाइरहेको छ तरपनि यसको नियन्त्रणको लागि भने बिस्वभर एउटै साझा कार्यक्रम भने देखिएन यो नै अहिलेको विश्व ब्यबस्थाको कमजोरी बनिरहेको छ । जबसम्म चिनले यो संक्रमण सँग जुधिरहेको थियो र मानबिय क्षति बेहोरिरहेको थियो त्यसबखत पश्चिमा र खासगरि पुँजीवादी देशहरुले मानबिय समबेदना पनि नरहने गरि खिल्ली उडाए र माओत्सेतुङको तस्बिरमा मुकुन्डो लगाएर बेइज्जती गराइरहे । चिनलाई सहयोग होइन बदनाम गराए र आफू साँढे नै पल्टिरहे । चीन पुर्णरुपको समाजवादी देश नभएपनी आँफ्नै खालको समाजवादी आधार बाट खडा भएको विशाल चिनले अनेकौं उपाय सहित अहोरात्र त्यसको नियन्त्रणमा खटिरहे । एक दिन आराम नगरी सेवामा खटिएका डक्टरका थाकेका शरीर र भ्याक्सिन पत्ता लगाउने डाक्टर स्वयम् को निधनले विश्व स्तब्ध बनाएको थियो र आज चीन कोरोना नियन्त्रणमा एक हद सम्म सफल भयो।

यतिबेला संन्सारका महाशक्ति रास्ट्र भनेर स्वघोशित साँढे बनाएर हिड्ने छाडा पुँजीवादी देशहरुलाई भने यो चुनौती झन बढेको छ । पुँजीवादी देशहरु मानव स्वास्थमा कति निर्मम र उदास रहेछन भन्ने कुरा छर्लङ्ग भएको छ। हतियारको राजनीति गरेर गरिब देशहरुमा आफ्नो अखडा बनाएर हिंसा भड्काएर आफ्नो अर्थतन्त्र मजबुत भएको देखाउने साँढे सोचलाइ यतिबेला झापड ठोकेको छ। पुँजिको ब्यक्तिगत स्वामित्व वा स्वतन्त्रताबाट नै सबै समस्याको हल हुन्छ भन्ने पुँजिवाद लाई अहिलेको संक्रमणको प्रश्न गर्ने हो भने लज्जित भएर निरुत्तर हुनेछन् किनकी सामाजिक उत्तरदायित्व वा समाजवादी चिन्तनबाट जनपक्षीय ढंगले चिनले लकडाउन गरेरै भएपनी आफ्नो अर्थतन्त्र भन्दा मानव जिबनलाइ ध्यान राखी कोरोना सँग निर्मम भएर लड्यो र सफलता हात पार्यो। सो बखत पुँजीवादी देशहरुले चिनमा नागरिक स्वतन्त्रताको हनन भयो भनेर चिच्याइरहे। आज लगभग चिनमा कोरोना नियन्त्रण हुँदा अमेरिकामा यसले महामारी रुप लिदै छ तर त्यहाँका शासकहरुले भने अमेरिका लकडाउन गर्न वा बन्द गर्न बनेको मुलुक होइन भनेर मानबजिबन माथी खेलवाड गर्दै दैनिक सयौं मानिसहरु मारिरहेको छ । उनिहरुलाइ त्यहाँको मानव जीवन भन्दा उनको स्वघोसित साँढे अर्थतन्त्र प्यारो छ । एक हिसाबले सोच्ने हो भने कति नरकिय जीवन बिताउन बाध्य बनाएको छ पुँजीवादले । यसो त त्यसैपनी पुँजिवाद कहिल्यै मानबजिबनको सभ्य समाजको नमुना हुँदै होइन यो क्षणिक हो र यसको पतन अनिबार्यनै हो । नाफाको उदेश्य राख्ने , मुठिभरको हातमा विश्व अर्थतन्त्र राख्ने, मजदुर हरुलाई संन्कटमा धकल्ने , भुमन्डलिकृत रुपमा आफ्नो क्षेत्र बिस्तार गरेर आफ्नो ब्यापार बढाउने , युद्धको नाटक रचेर कमजोर देशमाथी आफ्नो हैकम जमाउने, अर्काको देशको अस्मिता राष्ट्रीयतालाई मिचेर प्राकृतिक सम्पदाको दोहन गरेर मानव जीवनलाई अध्यारोमा धकेल्ने सोच हो पुँजिवाद । जतिसुकै लेपन लगाएपनी यो मानव मुक्तिको ब्यबस्था वा दर्शन हुँदै होइन ।

हाल आएर कोरोना डरलाग्दो देखिएपनी खास अर्थमा कोरना भन्दा पुँजिवादनै डरलाग्दो हो । किनकि भोकमरिले, बेरोजगारीले , युद्दले, दैनिक मरिरहेको मानबहरु हाल कोरोनाले मरेको तथ्यांक भन्दा बढीनै छ । बिगतका दशक हरुमा सिरियामा लाखौं मानिसहरु युद्धको चपेटामा मरे, अफगानिस्तानमा त्यसैको संख्यामा मरे, पहिलो दोस्रो विश्व युद्धमा त्यसैगरि मरे, सद्दाम हुसेन र कर्णेल गद्द्दाफि वा इरानी सर्बोच्च नेताहरु कुनै कोरोनाले मरेका नभैकन साम्राज्यबादी पुजिवादको युद्दले मारिएका थिए। कङ्गोमा भोकमरीले मरेका मानिस कोरोनाको संन्क्रमणले मरेका थिएनन यस्तै गरि नेपालमै दैनिक बिदेश बाट भित्रीने ३ जनाको लास कुनै अमुक रोगबाट होइनकी बिस्वको दलाल पुँजीवादी अर्थराजनितीक ब्यबस्थाको भद्दा शोसण र असमान आर्थिक , राजनैतिक कारणले हो ।यदि मानव स्वास्थमाथी वास्तबमा पुँजीवाद गम्भीर हुन्थ्यो भने आज यो संन्कट यसरी गहिरिएर जाने थिएन । गरिब देशमा INGO को नाममा भित्रिएर त्यहाँ हात धुने सिकाउने र उनिहरुलाई उत्पादन वा श्रमबाट च्युत गरेर जसरी नाटकिय ढंगले अरु देशको उत्पादन र अर्थतन्त्रलाई कमजोर बनाइन्थ्यो आज त्यो नाटक पनि सबैले बुझ्ने गरि पुँजिवाद नाङ्गिएको छ। यस तमाम अर्थमा पुँजिवाद कोरोना भन्दा बढी खतरनाक र डरलाग्दो छ । यद्यपि अब सारा बिस्वले अहिलेको तत्कालीन कार्यक्रम भनेको कोरोना बाट बच्न विश्व एक भएर जुट्ने र लड्ने त्यसपस्चात बिस्वमा एउटा समाजवादी बिचार ,बहस छेडेर समाजवादमा प्रबेश गर्नुको बिकल्प छैन यदि हामी साँचै मानव जीवन प्रती चिन्तित र उत्तरदायी रहने हो भने अहिलेको साँढे अर्थतन्त्रलाई भत्काएर समाजवादी अर्थनतन्त्र निर्माण गर्ने शिक्षा र स्वास्थ्यमा सचेत रहेर कार्यक्रम तय गर्ने, रासायनिक बस्तुको प्रयोग भन्दा मौलिक बस्तुको उत्पादन र प्रयोगमा ध्यान दिने, बस्तुको मुल्यलाई माग सँग नजोडी श्रम र लागत सँग जोडेर मूल्य निर्धारण गर्ने, प्रकृतिको संरक्षण र पर्याबरणलाई ध्यानमा राख्ने,ब्यक्तिको स्वतन्त्रतालाई भन्दा सामाजिक उत्तरदायित्वलाई बहन गर्ने , राज्य ब्यबस्थामा श्रमजिबिहरुको पहुँच पुर्याउने र रोग भोग र बेरोजगारीको अन्त्य गर्दै सबै एकजुट भएर राष्ट्रीय उत्पादनमा लाग्ने बानिको बिकास गर्ने हो भने अबको मानव दुनियाँ सुरक्षीत रहन्छ अन्यथा कोरोना जस्ता अनेकौं कारणले अबको हाम्रो जीवन संन्कटमय हुनेछ , नेपालले पनि बेलैमा सोचौं ।

प्रतिक्रिया दिनुहोस