नेकपा कास्कीका सदस्य बिजय स्वास्थ्य अवस्थाकै कारण पार्टीमा नरहने घोषणा !

पोखरा, माघ २१ – बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सदस्य बिजय अधिकारीले आइतवार एक बिज्ञप्ति जारी गर्दै सक्रिय राजनितिक यात्रामा पुर्णबिराम लगाएको घोषणा गरेका छन् ।

झण्डै डेढ दशक देखी सक्रिय राजनिती गरिरहेका बिजय अधिकारी पछिल्लो समय बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ताको रुपमा कास्की जिल्ला सदस्य, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य एबम् गण्डक ब्यूरो संयोजक साथै अखिल क्रान्तिकारी स्वास्थ सरसफाई श्रमिक संगठनको केन्द्रिय संयोजकको जिम्मामा थिए ।

यसरी पार्टीको महत्वोपुर्ण जिम्मेवारीमा रहेर सक्रिय राजनिती गरिरहेका अधिकारी लामो समय देखि अस्वस्थ अवस्थामा काठमाडौमा रही आफ्नो उपचार गराई रहेका थिए । स्वास्थका कारण र नितान्त पारिवारिक अवस्थाका कारण पार्टीमा निरन्तर समय दिन नसकेको भन्दै अधिकारीले आइतवार बिज्ञत्ति सहित पार्टीको साधारण सदस्य नहुने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले अबको बाटो स्वतन्त्र नागरिक भएर आफ्नो बाटोमा हिड्ने अठोट समेत गरेका छन् ।

बिज्ञप्तिको पुर्ण पाठ :-

प्रतिक्रिया दिनुहोस