माइला लामा सहित चार नेतालाई रिहा गर्न पाटन उच्च अदालतको आदेश

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा सहित चार नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले मालासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।

ललितपुर जिल्ला अदालतले एनसेलमा विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षामा पठाउने फैसललाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ । उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो ।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस