आइतबार सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन् ।
शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।
सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए ।